राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न प्रदान

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।
  • आगामी माघ ९ गते निर्वाचन हुँदैछ।

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। आगामी माघ ९ गते निर्वाचन हुँदैछ।

आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दलले गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी ट्र्याक्टर निर्वाचन चिह्नले प्राप्त गरेका आयोगले जनाएको छ।
यसैबीच आयोगले उक्त निर्वाचनको सन्दर्भमा सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ। आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन्।
त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ। न्याय परिषद्को परामर्शमा आयोगले उहाँहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबार २६६ संक्रमित थप
एमाले अध्यक्ष केपी ओली
एमाले अध्यक्ष केपी ओली
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
राष्ट्रिय बाणिज्य बैंकले नेपालप्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन सहयोग प्रदान गर्यो !
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
प्रदेश प्रहरी आफ्नै मातहत बनाउन संघीय प्रहरीको माग
प्रदेश प्रहरी आफ्नै मातहत बनाउन संघीय प्रहरीको माग
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
सीमा विवाद विद्यमान संयन्त्रबाट संवादका माध्यमले टुंगो लगाउनु पर्छ : भारत
१३ करोड मुल्यको चिनी भन्सारमै थन्कियो
१३ करोड मुल्यको चिनी भन्सारमै थन्कियो
हुलाकी सडकमा १६ किलोमिटर कालोपत्रे
हुलाकी सडकमा १६ किलोमिटर कालोपत्रे
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”
स्वास्थ्य मन्त्रालयको चेतावनी – “अब अस्पतालले धान्न नसक्ने हुनसक्छ”