राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ ।
  • चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन ।

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ ।

चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आएका हुन । उक्त भेटका अवसरमा सदस्य सचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इरानका पूर्वमुख्य प्रशिक्षक सातौँ डान मन्सुरीलाई अन्तर्राष्ट्रिय जुडो महासङ्घ (आइजेएफ)ले पठाएको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए । “तत्कालका लागि उहाँ (मन्सुरी)लाई १९औँ एशियाली खेलकुदको तयारीमा केन्द्रित गराउने छौँ । थप कुरा एशियाली खेलकुदपछि हुनेछ”, अध्यक्ष वज्राचार्यले भने ।

हाङझाव एसियाडका लागि जुडोबाट चार पुरुष र चार महिला गरी आठ खेलाडी प्रशिक्षणमा छन् । उनीहरुले नयाँबजारको खुसीबुस्थित बहुउद्देश्यीय मार्सल केन्द्र (एमएमएसी) मा दिनको दुई चरणमा प्रशिक्षण गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु
सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
मेलम्ची तटीय क्षेत्र जोखिममा, सतर्कता अपनाउन आग्रह
एनआईसी बैंकको निक्षेप डेढ खर्ब पुग्यो
एनआईसी बैंकको निक्षेप डेढ खर्ब पुग्यो
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार

तपाईंले छुटाउनुभयो कि?