मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार

सारांश

  • एजेन्सी/ मुख्यमन्त्री नीतीश कुमारमाथि बिहीबार पटनामा चप्पल प्रहार भएको छ ।
  • युवा जनता दल (यू) को कार्यक्रममा सहभागी नीतीश कुमारमाथि चप्पल प्रहार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
  • मुख्यमन्त्रीमाथि प्रहार गरिएको चप्पल उनि सम्म भने नपुगेको आजतकले उल्लेख गरेको छ ।

एजेन्सी/ मुख्यमन्त्री नीतीश कुमारमाथि बिहीबार पटनामा चप्पल प्रहार भएको छ । युवा जनता दल (यू) को कार्यक्रममा सहभागी नीतीश कुमारमाथि चप्पल प्रहार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीमाथि प्रहार गरिएको चप्पल उनि सम्म भने नपुगेको आजतकले उल्लेख गरेको छ । पटना प्रहरीले यो मामिलामा चन्दन नाम गरेका एक युवालाई पक्राउ गरेको छ । यो घटनापछि केहीबेर कार्यक्रम बिथोलिएको थियो ।

पक्राउ परेका युवा चन्दन तिवारी औरंगाबादका स्थानीय हुन् । आरक्षणको विरोध गर्दै ती युवाले मुख्यमन्त्रीमाथि चप्पल प्रहार गरेको बताइएको छ । चप्पल प्रहार गर्ने युवा स्थानीय सवर्ण सेनाका कार्यकर्ता रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?