एनआईसी बैंकको निक्षेप डेढ खर्ब पुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares
एनआईसी बैंकको निक्षेप डेढ खर्ब पुग्यो

सारांश

  •   काठमाडौ -एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षमा डेढ खर्ब रुपैंया बराबरको निक्षेप संकलन गरेको जनाएको छ ।
  • असार ३० गतेसम्मको तथ्यांकका आधारमा बैंकले उल्लेखित आकारको निक्षेप संकलन गरेको बैंकले विज्ञप्ती मार्फत जनाएको हो ।
  • मुलुकभर २२६ शाखा कार्यालयहरु, २१९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकले ठुलो आकारको व्यवसायिक सफलता पाएको विज्ञप्ती मार्फत जनाएको छ ।

 

काठमाडौ -एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षमा डेढ खर्ब रुपैंया बराबरको निक्षेप संकलन गरेको जनाएको छ । असार ३० गतेसम्मको तथ्यांकका आधारमा बैंकले उल्लेखित आकारको निक्षेप संकलन गरेको बैंकले विज्ञप्ती मार्फत जनाएको हो ।

मुलुकभर २२६ शाखा कार्यालयहरु, २१९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकले ठुलो आकारको व्यवसायिक सफलता पाएको विज्ञप्ती मार्फत जनाएको छ ।

 

१ खर्ब ७६ अर्ब रुपैंया भन्दा बढिको वासलात बनाएको बैंकले झण्डै १ खर्ब २० अर्ब रुपैंया कर्जा परिचालन गरेको जनाएको छ । बैंकका अनुसार डेढ खर्बको निक्षेपको आकार बनाउन ११ लाख ७५ हजार सेवाग्राहीले महत्वपूर्ण भूमिका खेलेका छन् ।

 

यसै बिच एनआईसी एशिया बैंकले शहरी तथा ग्रामिण क्षेत्रमा सेवा बिस्तार गर्ने उद्धेश्य अनुसार पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दियाको बडैयाताल गाउँपालिकाको सितलाबजारमा बाह्रौं र तेह्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये एनआईसी अग्रणी स्थानमा रहेको दाबी पनि बैंकले गरेको छ ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?