राजधानीमा गोली चल्यो, एक घाइते, पाँच पक्राउ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
राजधानीमा गोली चल्यो, एक घाइते, पाँच पक्राउ  !

सारांश

  • काठमाडौं: आइतबार बिहानै राजधानीमा गोली चलेको छ ।
  • काठमाडौको म्हेपीमा बिहान उज्यालो नहुँदै गोली चलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धनुकले जानकारी दिए ।
  • घटनालगत्तै खटेको प्रहरी टोलीले गोली हान्न संलग्न प्रमुख अभियुक्तसहित पाँच जनालाई पक्राउ गरिसकेको छ ।

काठमाडौं: आइतबार बिहानै राजधानीमा गोली चलेको छ । काठमाडौको म्हेपीमा बिहान उज्यालो नहुँदै गोली चलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धनुकले जानकारी दिए ।

घटनालगत्तै खटेको प्रहरी टोलीले गोली हान्न संलग्न प्रमुख अभियुक्तसहित पाँच जनालाई पक्राउ गरिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको र गोली हान्न संलग्नलाई छिट्टै सार्वजनिक गर्ने समेत एसएसपी धनुकले जानकारी दिए ।

अपरिचित व्यक्तिले हानेको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् । घाइते गुरुङको खुट्टामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?