मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
मुलुकको कान्छो उपमहानगरपालिका जीतपुरसिमराको नतिजा एमालेको पक्षमा,

सारांश

  • सिमरा ,प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ .
  • बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
  • मुलुकको कान्छो उपमहानगरपालिका भनिने जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.

सिमरा ,प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ .बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

मुलुकको कान्छो उपमहानगरपालिका भनिने जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.कृष्ण पौडेल १४८६५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२०४३ मत पाए ।
उपमेयरमा एमालेकी सरस्वती चौधरी १४ हजार ४५९ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धामा रहेकी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरिन् । त्रिपक्षीय प्रतिस्पर्धामा रहेका माओवादीका मेयर उम्मेदवार राजन पौडेलले ११ हजार २४८ प्राप्त गरेका छन् ।जितपुर सिमरा उपमहानगरपालिकाको विजयसँगै बारामा एमालेले जितको खाता खोलेको छ । बाराको अर्को उपमहानगरपालिका कलैया र कोल्बी नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?