पूर्व डिएसपी खिउजुलाई बलात्कार काण्डमा पक्राउ गरिदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
पूर्व डिएसपी खिउजुलाई बलात्कार काण्डमा पक्राउ गरिदै

सारांश

  • ललितपुर, २३ माघ ।
  • नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुलाई पक्राउ गरिने भएको छ ।
  • उनीविरुद्ध २१ वर्षीया महिलाले बुधबार साँझ जर्बजस्ती करणी गरेको किटानी जाहेरी दिएपछि पक्राउ प्रक्रिया अगाडि बढाइएको हो ।

ललितपुर, २३ माघ । नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुलाई पक्राउ गरिने भएको छ । उनीविरुद्ध २१ वर्षीया महिलाले बुधबार साँझ जर्बजस्ती करणी गरेको किटानी जाहेरी दिएपछि पक्राउ प्रक्रिया अगाडि बढाइएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी ती महिलाको स्वास्थ्य परीक्षण भइसकेको र अदालतबाट पक्राऊ पूर्जी लिएर नियन्त्रणमा लिइने बुझिएको छ । ललितपुर प्रहरीका अनुसार किटानी जाहेरी आइसकेको छ र खिउजुलाई नियन्त्रणको तयारी भएको छ । खिउजु चापागाउँ वृत्तको डिएसपी हुँदा घटना भएको महिलाको अभियोग छ । जागिर खान प्रहरी रिपोर्ट बनाउन पुग्दा आफूलाई जर्बजस्ती गरेको र पछि ब्ल्याकमेल गरेर करणी गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् ।

भक्तपुर घर भएका खिउजु राजीनामा दिएर बसिसकेका छन् । तिनै महिलासँगको विवादले तनावका कारण उनले राजीनामा दिएको बुझिएको छ । घटना मिलाउन पत्रकारलाई समेत प्रयोग गरेको आरोप लागेको छ । खोजतलास साप्ताहिकका प्रधानसम्पादक समेत रहेका राजु बस्नेतमाथि खिउजु र ती महिलाबीचको विवाद मिलाउन भूमिका खेलेको आरोप लागेको हो । यसबारे बस्नेतसँग सोध्दा आफूलाई नियोजित रुपमा मुछ्न खोजेको बताए ।

यसअघि प्रहरीकै अर्का अधिकृत सौरभ राणामाथि यस्तै प्रकृतिको अभियोगमा कारबाही अगाडि बढिसकेको छ ।

यसअघि जनआस्था साप्ताहिकले यस घटना बाहिर ल्याएको थियो । बर्दिधारी द्धारा राजधानीमा बलात्कार शिर्षकको समाचार यस्तो छः

प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउँजुले सरकारी शयन कक्षमा लगेर यौन दुव्र्यवहार गरे । घटना २०७५ मंसिर ३० गतेको हो । एक वर्ष नाघिसकेको, पिडीतले न्याय पाइनन् । बरु राजकुमार,उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पिडितलाई धम्की र प्रलोभन दिने क्रम चलिरहेको छ । राजकुमार असईका भर्ना भई डिएसपीका रुपमा चापागाउँ कमाण्ड गरे लगत्तै राजीनामा दिएर घर गइसकेका छन् ।
चापागाउँ भन्दा परको महांकल गाउँपालिका घर भएकी सविना खड्का नाम परिवर्तनले गुरङ सेक्युरिटी कम्पनिमा गार्डको रुपमा जागीर खाने तयार गरेकी थिइन् । त्यसका लागि नजिकेको प्रहरी कार्यालयबाट पुलिस रिर्पोट ल्याउन भनिएको थियो । त्यही कामका लागि चापागाउँ प्रहरीमा पुगेकी थिइन् । देख्ने बित्तिकै डिएसपिले ‘पुलिस रिर्पोट यहाँबाट बन्दैन, जावलाखेल जानुपर्छ, तर चिया पिएर जानु’ भन्दै आफ्नो शयन कक्ष तिर लगे । पहिलोपटक प्रहरी कार्यालय पुगेकी सविनालाई त्यहाँको अवस्था र त्यसअनुसार केही थाहा थिएन ।
कोठामा भान्सेले चिया पकाईसकेपछि उनलाई डिएसपीले बाहिर जान भने । भान्से निस्किए पछि चिया पिउन थालेकी सविनाको गिलास रित्तिएकै थिएन, डिएसपी हात अनुहारतिर सोझियो । माया गरे जस्तो उनले भने ‘तिमी एकदम राम्री छ्यौ‘. ।’ सविना अक्क न बक्न परिन् । त्यसपछि खिउँजुले छातितिर हात लगे । सविना अलिकती पछाडी सरेर ‘नगर्नु सर’ भन्दै थिइन् । खिउजुले ‘केही हुन्न के केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले । सविनाले सक्दो प्रतिकार गरिन् ।
तर हाकिमको कोठामा हल्ला नै गरेपनि उनले नबोलाए सम्म अरु पुग्ने अवस्था थिएन् । ढोकामा चुक्कुल, सबै झ्याल बन्द भएको अवस्थामा खिउँजुले यौन व्यवहार गरे । त्यसको भिडियो पनि रेर्कड गरे । सविनाले प्रतिकार गर्दा ‘मैले भिडीयो खिचेको छु , कतै गएर केही बोल्यो भने बर्बाद पारिदिन्छु ।’ भन्दै धम्की दिन थाले । युनिर्फममा नै आफूमाथि यौन दुव्यवहार गरेपछि डिएसपी त त्यहाँबाट झरे । अफिस कोठामा छिरे , सविना चाही निकै बेरसम्म रोएर बसिन् । निस्कन खोजीन तर जीवनमा पहिलो पटक कुनै पुरुषले उनको शरीरमा जबरजस्त धावा बोलेको छ । उनी घाइते भएकी छिन् । उठेर हिड्न सकिनन् । बल्लबल्ल भित्ता समातेर कोठाबाट निसीकइन् । र प्रहरी कार्यालयको कम्पाउण्ड बाट बाहिर पुगिन् ।
२०७६ जेठपछि खिउजुले कहिले प्रलोभन कहिले धम्की दिनेक्रम चलिरह्यो । उनको मोवाइलमा धम्कीका म्यासेज आउन थाले । सविनाका बुबालाई तेरो छोरी मारिदिने जस्ता शब्द प्रयोग गरी फोन आएका थिए । त्यहि महिनामा नै खिउजुको सरुवा भयो । उनले बस्नेत थरका पत्रकार लगाएर धम्काएका थिए । विभिन्न समयमा विभिन्न तरिकाले सविनालाई धम्काउदै आएका छन् । यतिबेला सविनाले डिप्रेशनको औषधी खान थालेकी सविनाले उजुरी गर्न जाने बित्तिकै सुचना पाईहाल्ने र धम्की दिने, मान्छेहरु पठाउने काम खिउजुले गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका  सल्लाहकार मैनालीले !
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका सल्लाहकार मैनालीले !
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
आजको मौसम: चार प्रदेशमा पानी पर्ने
आजको मौसम: चार प्रदेशमा पानी पर्ने
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
फिल्म नचल्दै स्टार बनेकी अदिती बुढाथोकी इन्स्टाग्रामको तस्विरका कारण भारतीय मिडियाले सम्म पछ्यायो
Trump calls Puerto Rican officials after lashing out at pleading mayor
Trump calls Puerto Rican officials after lashing out at pleading mayor
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
रसुवामा कोरोना सङ्क्रमित शून्य
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
कस्तो छ प्रदेश र जिल्लाको आन्तरिक सुरक्षाको चेन अफ कमाण्ड ?
कस्तो छ प्रदेश र जिल्लाको आन्तरिक सुरक्षाको चेन अफ कमाण्ड ?
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल
कांग्रेसले हार स्वीकार गरिसक्यो :माधवकुमार नेपाल

तपाईंले छुटाउनुभयो कि?