राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
३१ पटक हेरिएको
Shares
राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

सारांश

  • कैलाली, ११ फागुन, प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ ।
  • धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो ।
  • साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या बढ्दै गएको छ ।

कैलाली, ११ फागुन, प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ ।

धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या बढ्दै गएको छ ।

सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तर सडकको संरचनामा भने कुनै फेदबदल नै नभएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख दीपक पातलीले बताउनुभयो । उहाँले सवारी साधनको चापका कारण सडक साँघुरो हुँदै गएको र सडक तथा फुटपाथमा ठेलागाडी र पार्किङले मिचेकाले सडकको अतिक्रमण बढेको बताउनुभयो ।

बजारमा पैदल यात्रु, फुटपाथ, ट्राफिक संकेत नभएकाले पनि ट्राफिक व्यवस्थापनमा समस्या आई दैनिक सवारी जामको स्थिति सिर्जना हुन थालेको छ ।
यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार सेती अञ्चलमा मोटरसाइकल र स्कुटरको संख्या ७० हजार पुगेको छ भने कार, जिप र भ्यान पाँच हजार ९०० पुगेको छ । त्यसैगरी बस, ट्रक दुई हजार ७००, टेम्पु, अटो रिक्सा दुई हजार ६०० र ट्र्याक्टर ११ हजार ४०० दर्ता भएका छन् ।

अव्यवस्थित रुपमा सञ्चालनमा आएका इ–रिक्साले पनि ट्राफिक व्यवस्थापनमा झनै समस्या थपिएको स्थानीयवासीले बताएका छन् । स्थानीय सरकार निर्माण भएको नौ महिना बितिसक्दा पनि ट्राफिक व्यवस्थापनका लागि कुनै पहल नचालिएको धनगढी उपमहानगरपालिका–२ का चेतराज पाण्डेयले गुनासो गर्नुभयो । कुनै इजाजत बिना सञ्चालनमा आएका नयाँ सवारी साधनले समस्या निम्त्याएको छ उहाँले भन्नुभयो, “यसका लागि सवारी साधनको इजाजत प्राप्त हुन अति आवश्यक छ ।”

जिल्ला ट्राफिक कार्यालयले बजारको ट्राफिक व्यवस्थापनका लागि कुनै नयाँ योजना बनाएको छैन भने बजारमा जथाभावी गरिने पार्किङ व्यवस्थापनका लागि पनि योजना छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?