राजनीतिक कक्षा सञ्चालन गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
राजनीतिक कक्षा सञ्चालन  गरेर नेमकिपाले गर्ने भयो चुनाव प्रचार

सारांश

  • नेपाल मजदुर किसान पार्टी आगामी निर्वाचनमा राजनीतिक कक्षा सञ्चालन गरेर अरु दलभन्दा फरक ढंगले चुनाव प्रचारमा सक्रिय भएको छ ।
  • मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा(एमाले)का उम्मेदवारले पदयात्रासहित घरदैलो गरिहँदा नेमकिपाले भने राजनीतिक कक्षामार्फत जनतासँग मत माग्ने गरेको छ ।
  • काँग्रेस र एमालेले बिहान ७ बजेदेखि हरेक दिन चुनाव चिह्नसहितको झण्डा बोकेर गलाभरी माला लगाएर घरदैलो गरिरहँदा नेमकिपाले जनतालाई राजनीतिक व्यवस्थाका बारेमा जानकारी दिँदैछ ।

नेपाल मजदुर किसान पार्टी आगामी निर्वाचनमा राजनीतिक कक्षा सञ्चालन गरेर अरु दलभन्दा फरक ढंगले चुनाव प्रचारमा सक्रिय भएको छ ।
मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेस र नेकपा(एमाले)का उम्मेदवारले पदयात्रासहित घरदैलो गरिहँदा नेमकिपाले भने राजनीतिक कक्षामार्फत जनतासँग मत माग्ने गरेको छ । काँग्रेस र एमालेले बिहान ७ बजेदेखि हरेक दिन चुनाव चिह्नसहितको झण्डा बोकेर गलाभरी माला लगाएर घरदैलो गरिरहँदा नेमकिपाले जनतालाई राजनीतिक व्यवस्थाका बारेमा जानकारी दिँदैछ ।

नेमकिपाबाट निर्वाचन क्षेत्र नं २ प्रदेश (क) सूर्यविनायक प्रदेशमा प्रदेशसभासद् उम्मेदवार सरोजराज गोसाईंले गाउँ टोलमा बिहान र बेलुकी कार्यकर्ता र सर्वसाधारण भेला गरी निर्वाचनमा पार्टीले उठाउँदै आएको विषयमा जानकारी दिने गरेको बताउनुभयो ।

भक्तपुर क्षेत्र नं १ र २ का नेमकिपाका प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवारले दैनिक आफ्ना निर्वाचन क्षेत्रमा खटिएर समाजवाद र पूँजीवादबीचको फरक, समाजवादले देशमा गर्ने उन्नति र अब गठन हुने प्रतिनिधि तथा प्रदेशसभाबारे जानकारी दिने गरेका छन् । जनतामाझ जाँदा संघीय , प्रदेश र स्थानीय सरकारबारे जनतालाई जानकारी नै नभएको पाइएको बताउँदै यसबारे मतदातालाई शिक्षित बनाइएको गोसाईंले बताउनुभयो ।
निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशका उम्मेदवार सुरेन्द्रराज गोसाईंले मतदातालाई समाजवादमा निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त हुने, उत्पादनका साधनको सामाजिकीकरण हुनेलगायत बारेमा जानकारी दिने गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल वायुसेवा निगमले हवाई भाडा घटायो
नेपाल वायुसेवा निगमले हवाई भाडा घटायो
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
जनयुद्ध दिवसः ओली, खनाल र नेपालबाट बहिष्कारपछि प्रचण्ड असन्तुष्ट
जनयुद्ध दिवसः ओली, खनाल र नेपालबाट बहिष्कारपछि प्रचण्ड असन्तुष्ट
समोसा बेचेर लाखाैँ कमाउँदै शिवलाल
समोसा बेचेर लाखाैँ कमाउँदै शिवलाल
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो हवाई भाडा, कहाँको कति पुग्यो ?
गण्डक मर्मत प्रभावकारी भएन
गण्डक मर्मत प्रभावकारी भएन