तातोपानी नाका छिटो खोल्न वाणिज्य संघको ज्ञापनपत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
तातोपानी नाका छिटो खोल्न वाणिज्य संघको ज्ञापनपत्र

सारांश

  • काठमाडौं,  २७ जेठ।
  •   राष्ट्रिय वाणिज्य संघले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
  • २०७२ सालको भूकम्पपछि बन्द रहेको नाका खुलाउने बहस धेरै भए पनि परिणाममुखी पहल गरिदिन माग गर्दै संघले ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौं,  २७ जेठ।  राष्ट्रिय वाणिज्य संघले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

२०७२ सालको भूकम्पपछि बन्द रहेको नाका खुलाउने बहस धेरै भए पनि परिणाममुखी पहल गरिदिन माग गर्दै संघले ज्ञापनपत्र बुझाएको हो । शनिबार आयोजित संघको विस्तारीत बैठकमा नेकपाका महासचिवलाई यसबारे पार्टी तथा सरकार दुबैले निर्णयक पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाइएको वाणिज्य संघका ईन्चार्ज कृष्ण क्षेत्रीले जानकारी दिए ।

‘तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापारी व्यवसायीसँगै मजदुर र स्थानीय समेत मारमा परेका छन् ।’ ज्ञापनपत्र बुझाएपछि ईन्चार्ज क्षेत्रीले भने, ‘देशका लागि समेत अर्बौ घाटा भइसकेकाले नाका छिटो खोल्न दबावस्वरुप देशकै ठूलो पार्टीका महासचिवलाई ज्ञापनपत्र बुझाएका हौं ।’

तातोपानी नाका सञ्चालनमा नआउँदा उक्त नाकाहुँदै व्यापार व्यवसायसँगै मजदुर गर्दै आएका थुप्रै नागरिकको बेहाल हुन पुगेको स्थानीय व्यापारी प्रदिप पौडेलले बताए । ‘वर्षौदेखि नाका खोल्ने प्रयत्न हुँदै आएको भन्ने सुनेका छौं । तर, ठोस पहल भएको छैन ।’ पौडेलले भने, ‘दुईतिहाई बहुमतसहितको वामसरकार बनेको छ । नाका खुल्नेमा आशावादी छौं ।’

तातोपानी नाका देशकै प्रमुखमध्येको एक नाका भए पनि यसबाट सिन्धुपाल्चोकका नागरिक सबैभन्दा प्रभावित भएका छन् । तातोपानी नाका बन्दभएपछि धेरै व्यपारीहरु विस्थापित भएका छन् । उनीहरु अहिले वैकल्पिक नाकाहरुबाट व्यापार गरिरहेका छन् ।

भूकम्प र जुरेपहिरोका कारण तातोपानी नाका ठप्प भएको हो । संघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै नेकपा महासचिव पौडेलले तातोपानी नाका खुलाउन आफूले सक्दो प्रयत्न गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि सोह्रश्राद्ध शुरु
आजदेखि सोह्रश्राद्ध शुरु
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
महेश बस्नेतको छायाँमा दमननाथ ढुङ्गाना
महेश बस्नेतको छायाँमा दमननाथ ढुङ्गाना
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई