राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
राजपाले माग्यो कांग्रेससँग ६० प्रतिशत सिट, नपाए तालमेल नगर्ने चेतावनी

सारांश

  • ३० असोज, काठमाडौं ।
  • राजपा नेपालले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग ६० प्रतिशत सिट मागेको छ ।
  • माग गरेअनुसारको सिट नपाए कांग्रेससँग चुनावी तालमेल नगर्ने उसले चेतावनीसमेत दिएको छ ।

३० असोज, काठमाडौं । राजपा नेपालले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग ६० प्रतिशत सिट मागेको छ । माग गरेअनुसारको सिट नपाए कांग्रेससँग चुनावी तालमेल नगर्ने उसले चेतावनीसमेत दिएको छ ।

सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित साक्षात्कारमा राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए चुनावी तालमेल नहुने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हामी राजपा नेपाल र संघीय समाजवादीफोरम नेपालवीच गठबन्धन बनेको छ, त्यसैले हामीले चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म कांग्रेसभन्दा बढी नै सिट मागेका छौं ।’

उनले कम्तिमा ५० देखि ६० प्रतिशत आफूहरुको गठबन्धनलाई दिएमात्रै कांग्रेससँग चुनावी तालमेल हुने बताए ।

नेता कर्णले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह समेत गरे । ‘यदि चुनाव भएन भने देश सामान्य अवस्थामा रहन सक्दैन, त्यसैले तोकिएकै समयमा निर्वाचन हुन्छ,’ उनले भने, ‘यसमा कसैले शंका गर्नुहुँदैन ।’

त्यस्तै उनले आफ्ना पार्टीका शीर्ष नेताहरुले पनि चुनाव लड्ने जानकारी दिए । उनले थपे, ‘हाम्रा पार्टीका शीर्ष नेताहरु पनि चुनाव लड्नुहुन्छ, उहाँहरु चुनाव लड्नुहुन्छ, म स्वयम पनि पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछु ।’

नेता कर्णले वामपन्थी गठबन्धन बन्नु नौलो कुरा नभएको बताए । उनले थपे, ‘थ्रेस होल्डले गर्दा पार्टीहरु मिल्न बाध्य भएका छन्, विचार मिल्नेहरुवीच साझेदारी हुनु खुशीको कुरा हो ।’

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Ishwor Basnet

    Eniharu lai 2 present dida thik

    Comment Author

    Binod Dahal

    60 ke 100 % nai mage hunchha ani congress lai rjapa ma bilaya garai diye hunchha kinaki tmi haru sabai bharatiya dalal party jo thaharyou !

    Comment Author

    Ashok Bhandari

    Yaslai aalu dinu ni 60 percent. Aoukat navako parti

    Comment Author

    Ravi Sapkaota

    dine hoeina einihsrulaei o %. ok.

    Comment Author

    Kumar Lama Sayngtan

    tye tyoro saiseta bayo rajapako pani

    Comment Author

    Dipendra Parajuli

    बढी मात्तीने थच्चिन्छ !

    Comment Author

    Krishna Buddhacharya

    Thik vanau

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?