यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २८, २०७९
|
|
३५ पटक हेरिएको
Shares
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु

सारांश

  • चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ ।
  • यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५३.
  • ३ प्रतिशतले सुधारिएको हो ।

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालबाट १ खर्ब ८५ अर्ब रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५३.३ प्रतिशतले सुधारिएको हो । गत आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

यस अवधिमा नेपालबाट सोयाबिन तेलको निर्यात सबैभन्दा धेरै भएको छ । ११ महिनाको अवधिमा ४६ अर्ब ५८ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ । जुन, नेपालबाट भएको समग्र निर्यातको २५ प्रतिशत हिस्सा हो ।

यसैगरी, ११ महिनामा नेपालबाट पाम तेलको निर्यात दोस्रो स्थानमा छ । नेपालबाट यस अवधिमा ३९ अर्ब ११ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ । यो नेपालबाट भएको कुल निर्यातको २१ प्रतिशत हिस्सा हो । यसैगरी, यस अवधिमा ८ अर्ब ७ करोड रुपैयाँको धागो निर्यात भएको छ भने ८ र्ब ५ करोडको कार्पेट निर्यात भएको छ ।

यस्तै, ६ अर्ब ९ करोडको जुट निर्यात हुँदा ५ अर्ब ३ करोडको विभिन्न प्रकारका जुस निर्यात भएको छ । यसैगरी, ४ अर्ब ५ करोडको अलैँची, ४ अर्ब ३ करोडको रेडिमेड गार्मेन्ट, ३ अर्ब ३ करोडको पिना र ३ अर्ब ६० लाख रुपैयाँको चिया निर्यात भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

यस अवधिमा खानेतेलले मात्रै नेपालको कुल निर्यातको ५६ प्रतिशत हिस्सा ओगटेको छ । यसमध्ये पनि सोयाबिन र पाम तेलको हिस्सा मात्रै धेरै रहेको तथ्याङ्कले देखाउँछ । यसबाहेक, मूल्य १० निर्यातयोग्य वस्तुको सूचीमा धागो अटाएको छ । जसको निर्यात १० अर्ब पनि छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?