राप्रपाले आज चियापान कार्यक्रम गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७९
|
|
३७ पटक हेरिएको
Shares
राप्रपाले आज चियापान कार्यक्रम गर्दै

सारांश

  • काठमाडौं ।
  •  पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार चियापान कार्यक्रम आयोजना गरेकाे छ ।
  • नेपाल एकीकरणका नायक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरकार राप्रपाले दिउँसाे काठमाडाैंकाे भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागेकाे हाे ।

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार चियापान कार्यक्रम आयोजना गरेकाे छ ।नेपाल एकीकरणका नायक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीका अवसरकार राप्रपाले दिउँसाे काठमाडाैंकाे भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागेकाे हाे ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसद्लाई निमन्त्रणा गर्नुभएकाे छ । मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा राेष्ट्रमबाटै उहाँले सबै दल र सांसद्लाई चियापानकाे निम्ताे दिनुभएकाे थियाे ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई निमन्त्रणा पठाइएकाे राप्रपाले जनाएकाे छ ।

त्यसअघि बिहान साढे १० बजे भृकुटीमण्डपबाट अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा र्‍याली सहित सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेकाे राप्रपाले जनाएकाे छ । मध्यान्ह १२ बजे भृकुटीमण्डप परिसरभित्र रक्तदान कार्यक्रम र १२ बजेपछि भृकुटीमण्डप परिसरभित्रै कवि गोष्ठी आयाेजना गरेकाे छ ।पृथ्वी जयन्तीका अवसरका आज सरकारले देशभर सार्वजनिक बिदा दिएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
अब २५ स्थानको मात्रै नतिजा आउन बाँकी, कसले कति जिते ?
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान
नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
सरकारको विरोधमा माइतीघरमा लाग्यो यस्तो नारा, दुई पूर्वप्रधानन्यायाधीश पनि जुलुसमा
राजधानी माग्ने आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते
राजधानी माग्ने आन्दोलनकारी र प्रहरीबीच झडप, ३ जना घाइते
बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो
बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो
जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ
जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ
ओलीको नयाँ प्रस्तावमा दाहाल र नेपाल सशंकित