राजविराज मा एक महीलाको शंकास्पंद हत्या
सारांश
- राजविराज।
- राजविराज नगरपालिका–६ स्थित प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएर रहेको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको छ ।
- मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ ।
राजविराज। राजविराज नगरपालिका–६ स्थित प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएर रहेको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको छ ।
मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको थियो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।
उनको हत्या कसले गरेको रहस्यमै रहेको प्रहरीले जनाएको छ ।रगत लागेको इँटा प्रहरीले फेलापारी राखेको छ भने अाशाको शव परीक्षणका लागि राजविराजको अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया