राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
३३ पटक हेरिएको
Shares
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो

सारांश

  • काठमाडौ, २८ असोज ।
  • समता फाउन्डेशनले ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम प्रसारण भैरहेकोमा अभिनेता राजेश हमाल विवादमा मुछिएका छन् ।
  • हमालले कार्यक्रम प्रस्तोताका रुपमा समताबाट उत्पादित कार्यक्रममा सहभागिता जनाएपछि त्यसले कहाँबाट रकम पाएको छ भन्ने प्रश्नहरु उठेका छन् ।

काठमाडौ, २८ असोज । समता फाउन्डेशनले ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम प्रसारण भैरहेकोमा अभिनेता राजेश हमाल विवादमा मुछिएका छन् । हमालले कार्यक्रम प्रस्तोताका रुपमा समताबाट उत्पादित कार्यक्रममा सहभागिता जनाएपछि त्यसले कहाँबाट रकम पाएको छ भन्ने प्रश्नहरु उठेका छन् । कतिपयले यसमा धार्मिक उद्देश्य रहेको र हमाल पैसा पाउने भएपछि प्रस्तोता बनेको आरोप लगाए ।

यसैगरी, समता फाउन्डेशनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राजेश हमालको फोटो र फाउन्डेशनको लोगोको दुरुपयोग गरेर सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको उसको भनाई रहेको छ । उक्त पोस्टर समता फाउन्डेशनले नबनाएको र त्यसमा सस्थाको कुनै संलग्नता नभएको पनि विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।

सामाजिक न्यायको क्षेत्रमा अध्ययन अनुसन्धान तथा नीतिगत पैरवी गर्दै आइरहेको सामाजिक सस्था भएको पनि फाउन्डेसनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरको छ । दलित समुदायविरुद्ध भइरहेका श्रृंखलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदाय स्तरमा पनि संवादको सँस्कृति बढाउनका लागि समता फाउन्डेसनले ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम उत्पादन गरेको विज्ञप्तीमा बताइएको छ । फाउन्डेशनले यस कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिगं, क्षेत्रप्रति कुनै पनि प्रकारका पुर्वाग्रह नराखेको स्पष्ट पारेको छ ।

नेपाल सरकारको प्रचलित नीति–नियम र कानुन बमोजिम सस्थाले विभिन्न गतिविधिहरु संचालन गर्दै आएको जनाएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ सस्थाहरुको सहकार्य र सहयोगमा संचालन भएका परियोजना तथा कार्यक्रमहरु पारदर्शी ढंगले संचालन गर्दै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतासाथ बहन गर्दै आएको पनि समता फाउन्डेशनले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
विश्वकप विजेता फ्रान्सको फुटबल टोलीलाई सर्वोच्च पदकबाट सम्मानित गरिंदै
Irrfan Khan, Dulquer Salmaan and Mithila Palkar starrer ‘Karwaan’ trailer is hilarious!
Irrfan Khan, Dulquer Salmaan and Mithila Palkar starrer ‘Karwaan’ trailer is hilarious!
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
यी हुन समयमै काम नसक्ने ठेकेदार कम्पनीहरु नामावली सहित, काम नगर्नेलाई कार्वाही गर्लान् गृहमन्त्रीले!
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
मन्त्री थापाले प्रत्येक महिना कम्तिमा १ दिन किसानसँगै काम गर्ने
मन्त्री थापाले प्रत्येक महिना कम्तिमा १ दिन किसानसँगै काम गर्ने
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
वार्षिक रु ५० लाख राजश्व गुम्दै
वार्षिक रु ५० लाख राजश्व गुम्दै

तपाईंले छुटाउनुभयो कि?