मस्कोका सडकमा नक्कली हिउँ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
मस्कोका सडकमा नक्कली हिउँ

सारांश

  • मस्को, पुस १५ ।
  • मस्कोका अधिकारीहरूले नयाँ वर्षको उत्सवका लागि शहरका मुख्य स्थानहरूमा कृत्रिम हिउँ राखेका छन्।
  • रुसमा सन् १८८६ यता डिसेम्बर महिनामा सबैभन्दा बढी तापमान मापन गरिएका कारण त्यस्तो गरिएको अधिकारीहरूले बताएका छन्।

मस्को, पुस १५ । मस्कोका अधिकारीहरूले नयाँ वर्षको उत्सवका लागि शहरका मुख्य स्थानहरूमा कृत्रिम हिउँ राखेका छन्।

रुसमा सन् १८८६ यता डिसेम्बर महिनामा सबैभन्दा बढी तापमान मापन गरिएका कारण त्यस्तो गरिएको अधिकारीहरूले बताएका छन्।
डम्पर ट्रक प्रयोग गरेर कृत्रिम हिउँ खसालिएको दृश्य सामाजिक सञ्जालमा मनोरञ्जनको माध्यम बनेको छ।यद्यप् िमस्कोमा सोमवार दिउँसो हल्का हिउँ भने परेको थियो। आगामी हप्ता थप हिउँ पर्न सक्ने अनुमान गरिएको छ।
रुसको मौसम पूर्वानुमान गर्ने निकायका प्रमुखका अनुसार अभिलेख राख्न सुरु गरिएयता सन् २०१९ रुसका लागि सबैभन्दा न्यानो वर्ष हो।रेड स्क्वायर लगायतका अन्य प्रमुख सडकहरूमा त्यसैगरी कृत्रिम हिउँ राखिँदैछ। नयाँ वर्षको छुट्टीका बेला ती सडकमा सवारीसाधनको आवागमन ठप्प पारिएको छ।

कृत्रिम हिउँ मस्कोका केही स्केटीङ्ग खेल खेलिने स्थानमा रहेका बरफ फुटाएर बनाइएको हो।स्केटबोर्ड खेल्नेहरू मस्कोको अर्को प्रमुख सडक आबाटमा राखिएको कृत्रिम हिउँमा रमाइरहेको अधिकारीहरूले बताएका छन्।बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?