प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निरन्तर बहस

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ४, २०७७
|
|
४१ पटक हेरिएको
Shares
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निरन्तर बहस

सारांश

  • प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस आज पनि सुरु भएको छ ।
  • शुक्रबार सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइको परमादेश जारी गरेको थियो ।
  • अब संवैधानिक इजलासमा सुनुवाई भई अन्तिम किनारा यसैले लगाउने भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस आज पनि सुरु भएको छ । शुक्रबार सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइको परमादेश जारी गरेको थियो । अब संवैधानिक इजलासमा सुनुवाई भई अन्तिम किनारा यसैले लगाउने भएको छ ।

आज इजलासमा निवेदकहरुले बहस शुरु गरेका छन् । इजलासमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् ।

५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर संसद बिघटनको राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गराएपछि १३ वटा रिट दायर भएको थियो । ८ पौषमा एकल इजलासले संवैधानिक इजलासमा पेश गर्न आदेश भएको थियो । १० पौषमा संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ पेस गर्न आदेश जारी गरेकोमा भइसकेको छ । २२ पौषबाट निरन्तर सुनुवाई हुने आदेश जारी गरेको थियो । न्यायाधीश हरिकृष्ण कार्कीमाथि इजलासमा बसेकोमा प्रश्न उठेपछि उनले छाडेका थिए । त्यसपछि सपना मल्ल प्रधानलाई ल्याइएको थियो ।

२२ पौषमा नेकपा नेता देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत रिट निवेदक १२ जनाले संयुक्त रुपमा यसअघि प्रतिनिधिसभा बिघटनविरुद्ध दिएको रिटको सुनुवाई वृहत पूर्ण इजलासबाट होस् भनी निवेदन दिएका थिए । यसउपर २ माघमा सर्वोच्चले उत्प्रेषण परमादेश गर्दै पूर्ण इजलासमा गर्नुनपर्ने फैसला सुनाएको थियो । संवैधानिक इजलासमा अब निरन्तर बहस चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
सन् २०२१ मा युरोप जाने क्रममा भूमध्यसागरमा ३ हजारभन्दा बढीको मृत्यु
सस्तो डिलद्वारा नेपालकै ठूलो अनलाइन सपिङ मेला ’बिग डिल एट सस्तोडिल’ घोषणा
सस्तो डिलद्वारा नेपालकै ठूलो अनलाइन सपिङ मेला ’बिग डिल एट सस्तोडिल’ घोषणा
संसदमा गैर संसदीय शव्द नबोलेको प्रम ओलीको दावी
संसदमा गैर संसदीय शव्द नबोलेको प्रम ओलीको दावी
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
बुधबार सेयर बजारमा सामान्य गिरावट, कुन कम्पनीले कमाए ?
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
बराबरीमा रोकियो रियल म्याड्रिड
बराबरीमा रोकियो रियल म्याड्रिड
डा.बाबुराम भट्टराई भन्छन् अहिलेको सरकारबाट समृद्धि सम्भव छैन
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
बारामा एक अर्बको चैतेधान उत्पादन
बारामा एक अर्बको चैतेधान उत्पादन
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)
वाइडबडी खरिदम ४ अर्बभन्दा बढि भ्रष्टाचार भएको नागरिक आयोगको प्रतिवेदन (प्रतिवेदनसहित)