हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन

सारांश

  • थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालले पूर्णरुपमा मेडिसिन सेन्टरको विस्तार गर्न सफल भएको छ।
  • निदानात्मक सेवाका लागि अत्याधुनिक सिटी स्क्यान र सुविधासम्पन्न थ्री टेस्ला एमआरआई भित्र्याएसँगै अस्पतालको न्युक्लियर मेडिसिन सेन्टरले पूर्णता पाएको हो।
  • अस्पालले सेन्टरमा जडान गरेका ती मेसिनहरुका उद्घाटनका लागि पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी त्यहाँ पुगिन्।

थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालले पूर्णरुपमा मेडिसिन सेन्टरको विस्तार गर्न सफल भएको छ।

निदानात्मक सेवाका लागि अत्याधुनिक सिटी स्क्यान र सुविधासम्पन्न थ्री टेस्ला एमआरआई भित्र्याएसँगै अस्पतालको न्युक्लियर मेडिसिन सेन्टरले पूर्णता पाएको हो। अस्पालले सेन्टरमा जडान गरेका ती मेसिनहरुका उद्घाटनका लागि पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी त्यहाँ पुगिन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले बिरामीको गुणस्तरीय सेवाका लागि नयाँ प्रविधिलाई प्राथमिकता दिएको बताइन्।

कार्यक्रममा सहभागी अस्पालका सदभावना दूत हरिवंश आचार्यले नर्भिकले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा योगदान पुर्‍याएको बताए।

उनले नर्भिकले विस्तार गरेको न्युक्लियर मेडिसिन सेन्टरबाट निम्न वर्गले पनि सेवा पाउने अपेक्षा राखे।

कस्तो मेसिन भित्रियो नर्भिकमा?
नेदरल्याण्डमा निर्मित तीन दशमलब शुन्य टि इन्जेनिया एम.आर.आई.को सुरूङ्ग भित्र श्रब्य–दृश्य प्रणाली रहेको छ। यसमा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, भिडियो सुन्न/हेर्न सक्नेछन्। उक्त एमआरआईको चित्र अति विशिष्ट हुन्छ। यस्तो विशेषता भएको एमआरआई नेपालमै पहिलो पटक भित्रिएको अस्पतालले दाबी गरेको छ।

(https://colorreflections.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?