राणा र लोहनीबीच एकता, कमल थापालाई पनि आउन आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
राणा र लोहनीबीच एकता, कमल थापालाई पनि आउन आग्रह

सारांश

  • काठमाडौं, १७ माघ ।
  • राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ ।
  • बिहीबार दिउँसो पशुपति शमशेर जबरा र डा.

काठमाडौं, १७ माघ । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दिउँसो पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकतासम्बन्धी आधारपत्रमा हस्ताक्षर गरेका हुन् । दुई पार्टीबीच एकता भएपछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने पनि उनीहरुबीच सहमति भएको छ भने पार्टीको चुनाव चिन्ह हलो हुनेछ ।

दुई पार्टीबीच शुक्रबार औपचारिक रुपमा पार्टी एकता घोषणा हुँदैछ । स्रोतका अनुसार राणा र लोहनीले एकताको लागि राप्रपाका अध्यक्ष कमल थापासँगपनि सम्वाद जारी राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?