विश्वकप फुटबल २०१८: फ्रान्स र बेल्जियम मा कस्काे इतिहास बलियाे ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: फ्रान्स र बेल्जियम मा कस्काे इतिहास बलियाे ?

सारांश

  • रुसमा जारी विश्वकप अन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् ।
  • आजको पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियमबीच हुनेछ ।
  • छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ ।

रुसमा जारी विश्वकप अन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । आजको पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियमबीच हुनेछ ।

छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ ।

नेपाली समय अनुसार पौने १२ बजे क्रेस्टोभसी स्टेडियममा खेल हुनेछ । यी दुई टोलीबीच ठूला प्रतियोगितामा हालसम्म तीन पटक भएको छ । जहाँ फ्रान्स तीनै पटक जित निकाल्न सफल भएको छ ।

सन् १९३८ को विश्वकपमा भेट हुँदा फ्रान्सले तीन एकले जितेको थियो । त्यसै गरी १९८६ मा चार दुई गोलले हराएको थियो । १९८४ को युरोपियन च्याम्पियनसिपमा भने फ्रान्सले पाच शुन्यले हराएको थियो । तर समग्र खेलको कुरा गर्दा यी दुई राष्ट्रबीचको यो ७४ औ भेट हो । जहाँ ३० पटक बेल्जियमले जितेको छ भने २४ पटक फ्रान्सले जित्दा १९ खेल भने बराबरीमा टुंगिएको छ ।

जारी विश्वकपको समुह चरणमा अपराजित रहेको बेल्जियम समुह विजेता बन्दै प्रिक्वाटरफाईनलमा जापानलाई हराउँदा क्वाटरफाइनलमा भने ब्राजिल जस्तो बलियो टिमलाई हराएको थियो । सेमिफाईनमा जित निकाल्दै वेल्जियम यो पटक उपाधि नै जित्न चाहन्छ । उसका लागि बेल्जियमका हरेक खेलाडीले मैदानमा गतिलो फर्ममा रहेको प्रमाणित गरिसकेका छन् ।

निकै फर्ममा रहेका रुमेलु लुकाकुको वेग र चाललाई छेक्न सक्नु फ्रान्सको चुनौती बन्नेछ भने सम्पूर्ण समिश्रणले भरिएको फ्रान्सलाई रोक्नु बेल्जियमको निम्ति पनि निकै कडा चुनौती बन्ने पक्कै छ । फ्रान्समा दोस्रो पेलेको उपनाम पाएका केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान, पाउलो पोग्बाको समिश्रणले फ्रान्सलाई उपाधि नजिक पुर्याउन सक्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री
एउटै खुट्टाले नाचेर चर्चित बनेकी रोमा न्यौपाने किन पक्राउ परिन् ?
एउटै खुट्टाले नाचेर चर्चित बनेकी रोमा न्यौपाने किन पक्राउ परिन् ?
आगलागीबाट करिब ८ लाखको धनमाल क्षति
आगलागीबाट करिब ८ लाखको धनमाल क्षति
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
रोल्पाबाट खाता खोल्यो कांग्रेसले  , सुकीदह-१ मा प्यानलै विजयी
रोल्पाबाट खाता खोल्यो कांग्रेसले , सुकीदह-१ मा प्यानलै विजयी
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

तपाईंले छुटाउनुभयो कि?