रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १२, २०७९
|
|
१८ पटक हेरिएको
Shares
रानीपोखरीमा छठ मनाउन दिन माग समितिको माग

सारांश

  • काठमाडौं ।
  • छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको छ ।
  • खासगरी समितिले काठमाडौं महानगरपालिकालाई छठ मनाउनको लागि रानीपोखरीको ठाउँ उपलब्ध गराउन माग गरेको हो ।

काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको छ । खासगरी समितिले काठमाडौं महानगरपालिकालाई छठ मनाउनको लागि रानीपोखरीको ठाउँ उपलब्ध गराउन माग गरेको हो ।

आज (शनिबार) छठ समारोह समितिले रानीपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समितिले गत असोज ७ गते छठ पर्व मनाउनका लागि सो स्थान उपलब्ध गराउन प्रधानमन्त्रीको कार्यालय, संस्कृति मन्त्रालय, गृह मन्त्रालय, काठमाडौं महानगर र मधेशी आयोगलाई निवेदन दिईएको जनाएको छ ।

समितिका अध्यक्ष मदन साहले लामो समयदेखि सो स्थानमा हर्षोल्लासका साथ छठ मनाईएको भएपनि पोखरी निर्माणको लागि भनेर विगत केही वर्ष छठ मनाउन नपाईएको भएपनि अब भने मन्दिर पूननिर्माणको काम सम्पन्न भएकोले सो स्थानमा छठ मनाउन पाउनुपर्ने बताए ।

उनले असनलगायतका क्षेत्रमा बस्ने ब्रतालुहरुलाई सहज होस् भनेर सो स्थानमा छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको गुनासो समेत गरे । पत्रकार सम्मेलनमा उनले भने,‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं । खोली दिए धेरै राम्रो हुन्थ्यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?