लालचमा मतको दुरुपयोग नहोस् यादव

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
लालचमा मतको दुरुपयोग नहोस्  यादव

सारांश

  • प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न सचेत गराउनुभएको छ ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सिलसिलामा आज धुलिखेलमा बहिरा नागरिकसँग अन्तक्र्रिया गर्दै उहाँले कसैको पनि डर, धम्की र दवावमा नभई भयरिहत वातावरणमा निष्पक्ष निर्वाचन हुनुपर्छ भन्नुभयो ।
  • हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उहाँले उल्लेख गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न सचेत गराउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सिलसिलामा आज धुलिखेलमा बहिरा नागरिकसँग अन्तक्र्रिया गर्दै उहाँले कसैको पनि डर, धम्की र दवावमा नभई भयरिहत वातावरणमा निष्पक्ष निर्वाचन हुनुपर्छ भन्नुभयो ।

हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले अपांग भएकालाई पनि बन्द सूचीभित्र राख्ने दायित्व दलको भएकाले स्वतन्त्र र निष्पक्षरुपमा मताधिकारको प्रयोग गर्न बहिरा नागरिकलाई अनुरोध गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “यो राष्ट्रिय निर्वाचन लोकतन्त्र, गणतन्त्र र संघीयता कार्यान्वयन गर्नका लागि हो ।”

बहिरा नागरिकलाई सक्षम नागरिकका रुपमा मतदाताको भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले भावी सन्ततिको सुख, शान्ति र समृद्धिका लागि निर्वाचन हुन लागेको बताउनुभयो ।

बाउन्न जिल्लाका ७० जनाको सहभागिता रहेको यस अन्तक्र्रियामा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बहिरा नागरिक करदाता र मतदाता मात्रै भएको गुनासो गर्नुभयो ।

उहाँले देशको नीतिभित्र बहिरा भएका नागरिकको सहभागिता खोजिएको उल्लेख गर्दै निर्वाचन महत्वपूर्ण विषय भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणको जिम्मेवारी दिन आग्रह गर्नुभयो ।

समानुपातिक सूचीमा बहिरा नागरिक कोही पनि नपरेकामा उहाँले दुःख पनि व्यक्त गर्नुभयो । अध्यक्ष अधिकारीले बहिरा नागरिकलाई भन्नुभयो, “मत बदर नहोस् भन्ने विषयमा ध्यान दिनुहोला ।”

निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले अपांग भएकालाई पनि मतदान प्रक्रियामा सहभागी गराउन र मतदान, मतगणना, मतको सदुपयोग गर्न सिकाउन यस्ताखाले कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा एउटै घरमा बस्ने १४ जनालाई नै कोरोना
सरकारले यि ९ देशका राजदुत फिर्ता बोलाउने !
सरकारले यि ९ देशका राजदुत फिर्ता बोलाउने !
प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक निष्कर्षबिहिन
प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको बैठक निष्कर्षबिहिन
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती
२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता

तपाईंले छुटाउनुभयो कि?