राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २१, २०७८
|
|
२० पटक हेरिएको
Shares
राजेन्द्र महतोको नेत्तृत्वमा सरकारमा सहभागि हुँदै जसपा, मन्त्री बन्नेको नाम यस्तो छ

सारांश

  • जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष आजै सरकारमा सहभागी हुने भएको छ ।
  • ठाकुर पक्ष सरकारमा सहभागी हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।
  • राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयसहित ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जसपाका एक नेताले पुष्टि गरे ।

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष आजै सरकारमा सहभागी हुने भएको छ । ठाकुर पक्ष सरकारमा सहभागी हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयसहित ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जसपाका एक नेताले पुष्टि गरे । उनकाअनुसार महतो उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री बन्ने छन् । ती नेताले आजै साँझ दुई राज्यमन्त्रीसहित १० जनाले सपथ लिने तयारी भएको पनि रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

महतोको नेतृत्वमा जसपाबाट शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, चन्दा चौधरी र विमलप्रसाद श्रीवास्तव मन्त्री बन्ने पक्कापक्की भएको छ । त्यस्तै, दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?