श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

सारांश

  • बेनी, २९ साउन  ।
  • म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रु एक लाख खर्चिनुभयो ।
  • छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर श्रमदान गर्नुभयो ।

बेनी, २९ साउन  । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान)को लागि रु एक लाख खर्चिनुभयो । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर श्रमदान गर्नुभयो ।खानेपानीको चरम अभाव रहेको खानीगाउँमा खानेपानी आयोजना निर्माण गर्ने भएपछि २०० दिनसम्म श्रमदान गर्ने गाउँ भेलाको निर्णयबमोजिम आफूहरुले श्रमदानको लागि उक्त रकम खर्चिएको शेरचनले बतानुभयो ।

“गाउँका हरेक घरबाट २०० दिन झारामा सहभागी भए, हाम्रो घरबाट काम गर्न सक्ने मान्छे नभएपछि ज्याला दिएर मान्छे खटाएर झारा ति¥याँै’’–उहाँले भन्नुभयो, “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो, अहिले घरघरमा खानेपानी धेरै सुविधा पुगेको छ ।’’गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानीगाउँमा सञ्चालन भएको बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनामा स्थानीयले छ महिना बढी समयसम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

कूल रु ६७ लाख ६७ हजारको लागतमा निर्माण भएको यस आयोजनाबाट खानीगाउँका ५९ घरधुरी लाभान्वित भएका छन् । आयोजना निर्माणमा नेपाल सरकार र फिनल्याण्ड सरकारको रु २० लाख ९७ हजार ७८४ को दरले लगानी भएको छ भने गाउँपालिकाले रु छ लाख ७६ हजार ७०३ लगानी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई
प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको ओलीको कडा भाषण, कांग्रेसीहरु चुपचाप
बिहिबार राति भूकम्पको धक्का
बिहिबार राति भूकम्पको धक्का
‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’
‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’
उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए
उपत्यकामा आज ३५४ जना कोरोना संक्रमित थपिए
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
बिवेकशिलको घोषणा: काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
बोनस ऐन संशोधन हुँदै
बोनस ऐन संशोधन हुँदै