महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ

सारांश

  • काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले बुधबार लन्च मिटिङ बोलाएका छन् ।
  • फागुन २१ गते हुन लागेको नेपाली का‌ंग्रेस संसदीय दलको निर्वाचन लक्षित गरेर उनले बैठक बोलाएका हुन् ।
  • रामचन्द्र पौडेल पक्षधर मानिएका कोइराला सर्वसम्मत संसदीय दलको नेता बन्ने लबिङमा लागेका छन् ।

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले बुधबार लन्च मिटिङ बोलाएका छन् । फागुन २१ गते हुन लागेको नेपाली का‌ंग्रेस संसदीय दलको निर्वाचन लक्षित गरेर उनले बैठक बोलाएका हुन् । रामचन्द्र पौडेल पक्षधर मानिएका कोइराला सर्वसम्मत संसदीय दलको नेता बन्ने लबिङमा लागेका छन् । उनले पार्टीका सबै तहका नेता कार्यकर्तालार्इ बैठकमा बोलाएका छन् ।

संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते चार बजे निर्वाचन गर्ने तयारी सुरु भएकाे छ । संसदीय दलको नेता बन्न सभापित शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिष्पर्धामा उत्रिएका छन् । कोइराला भने चुनाव लड्ने मुडमा छैनन् तर सर्वसम्मत आफू संसदीय दलको नेता बन्ने होडमा लागेका छन् । चुनाव हुने भए उनले सिंहकाे पक्षमा लबिङ गर्ने बताइएकाे छ ।

संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने कार्यतालिका रहेकाे छ । अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?