राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०८०
|
|
४० पटक हेरिएको
Shares
राप्रपाले पुस २७ गते चियापान कार्यक्रम गर्ने

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।
  • उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक संघसंगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक संघसंगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायतलाई निमन्त्रणा गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुने जानकारी दिए। सोही दिन सो पार्टी केन्द्रले सिंहदरबारस्थित शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ ।

उनका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई पत्राचार गरिएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार सोही दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख रु ५० हजार र रु २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।

पृथ्वीजयन्ती दिवसका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    jeongyeon weight loss

    I enjoy your website, of course, but you should proofread a few of your pieces. Many of them have serious spelling mistakes, and I find it difficult to tell the truth about them. Nevertheless, I will definitely return.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भविष्य खोज्दै महिला खेलाडी
भविष्य खोज्दै महिला खेलाडी
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी
नेकपाले बल्ल प्रदेश कमिटीका सदस्यको नाम टुंगायो
नेकपाले बल्ल प्रदेश कमिटीका सदस्यको नाम टुंगायो
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
पहिरो र बाढीको जोखिमका कारण आठ राजमार्ग अवरुद्ध: बीपी र कान्तिलोकपथमा रात्रिकालीन यात्रामा पूर्ण प्रतिबन्ध
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने
उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना  अपडेट !
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना अपडेट !
How to Attract a Incredibly hot Girl