बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
३५ पटक हेरिएको
Shares
बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक

सारांश

  • काठमाडौँ ।
  • बागलुङमा शैक्षिक सत्र २०८० सुरु हुनुभन्दा अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।
  • चैत अन्तिम साताबाट बागलुङमा पाठ्यपुस्तक आउन थालेपछि सहज भएको थियो ।

काठमाडौँ । बागलुङमा शैक्षिक सत्र २०८० सुरु हुनुभन्दा अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । चैत अन्तिम साताबाट बागलुङमा पाठ्यपुस्तक आउन थालेपछि सहज भएको थियो ।

जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीलाई वितरण गर्न थालिएको छ । जिल्लाका पाँच सय १४ सामुदायिक विद्यालयमै नयाँ पाठ्यक्रम अनुसारको पुस्तक पु¥याइएको शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ ।

विगतका वर्षमा भर्ना अभियान सकिँदासम्म विद्यार्थीको हातमा पुस्तक पुग्न नसकेकामा यसपटक शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा आवश्यक पर्ने पाठ्यपुस्तक आइपुगेपछि वितरण थालिएको हो । पाठ्यपुस्तक पर्याप्त नहुँदा विगतका वर्षमा समस्या भएपछि यस वर्ष समयमै जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक जिल्ला–जिल्लामा पठाएको हो । वैशाख १५ गतेसम्म जिल्लाका सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको छ । भर्ना हुन आएका विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक दिन थालिएको बागलुङ जिल्ला सदरमुकामस्थित रुद्रेपीपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिए ।

समयमै पुस्तक आउँदा भर्ना अभियानसमेत प्रभावकारी बन्दै आएको छ । “वैशाख १५ गतेसम्म भर्ना अभियान हो, भर्ना हुन आएका विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक वितरण गरिरहेका छौँ”, श्रेष्ठले भने, “हाम्रो सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप छ, निजी विद्यालय छोडेर यहाँ भर्ना हुन आउने क्रम जारी छ, समयमै पाठ्पुस्तक आएपछि निकै सहज भयो यसपटक ।” जिल्ला सदरमुकाम मात्र नभएर जिल्लाको दुर्गम मानिने बडिगाड, निसीखोला तमानखोला, ताराखोला बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिकाका विद्यालयमै पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्ययाले जानकारी दिए ।

“जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्, केही विद्यालयले वितरण थलिसके भने केही विद्यालयमा बाँकी छ, हामीले भर्नासँगै पाठ्यपुस्तक वितरण गर्न भनेका छौँ”, उपाध्यायले भने, “जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थी लक्षित गरेर भर्नाअगावै आवश्यक पुस्तकहरु सबै विद्यालयमा पुग्दा सहज भएको छ ।” बागलुङ जिल्लाका पुस्तक बिक्रेताहरुको समन्वयमा पालिकाको केन्द्रसम्मै पुस्तक पु¥याएपछि विद्यालयले पाठ्यपुस्तक वितरण गर्न थालेका हुन् ।

जिल्लाको विद्यामन्दिर माविमा आवश्यक पाठ्यपुस्तक आएर वितरण गर्ने तयारीमा रहेको विद्यालयले जनाएको छ । यसपटक पुस्तक समयमै उपलब्ध हुँदा भर्ना अभियानसमेत प्रभावकारी हुने एकाइ प्रमुख उपाध्यायले बताए। जिल्ला भित्रिएको पाठ्यपुस्तकहरु दुर्गमका सामुदायिक विद्यालयमा समेत पुगिसकेका छन् । १० पालिका रहेको बागलुङमा पाँच सय १४ सामुदायिक विद्यालयमा ६३ हजार विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान
गास, बास र कपासको सुनिश्चित गर्नेलाई मतदान
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
ओली लडाउँदै र मिलाउँदै शक्ति सञ्चयमा
ओली लडाउँदै र मिलाउँदै शक्ति सञ्चयमा
युक्रेनको राजधानी किएभमा रुसले गर्यो  मिसाइल आक्रमण
युक्रेनको राजधानी किएभमा रुसले गर्यो मिसाइल आक्रमण
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
आजको राशीफल
आजको राशीफल
सुनसरी ३ मा विजय गच्छदार पछि परे
सुनसरी ३ मा विजय गच्छदार पछि परे
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता
कानुन व्यवसायीमा इमान्दारिता हराउँदै गएकोमा प्रधानन्यायाधीश मिश्रको चिन्ता