रामेछाप आएको रात्रीबसमा ३ जना बेहोस
सारांश
- काठमाडाै, २४ असाेज ।
- काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस फेला परेका छन् ।
- ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काठमाडाै, २४ असाेज । काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस फेला परेका छन् । ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बेहाेस हुनेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको छ । उनिहरुको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दसैं तिहार मनाउन घर आउदै गरेका उनीहरुको साथबाट नगद लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ । बसका चालक र सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया