गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
गोविन्द केसीको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा

सारांश

  • काठमाडौं, पुस २५ ।
  • अदालतको मानहनी गरेको आरोपमा पक्राउ परेका डा.
  • गोविन्द केसीको मुद्दाको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा मच्चिएको छ ।

काठमाडौं, पुस २५ । अदालतको मानहनी गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दाको बयान बाहिरिएको भन्दै सर्वोच्चमा हंगामा मच्चिएको छ ।

केसीको बयान चलिरहेका बेला विभिन्न सञ्चारमाध्यमले लाईभ प्रसारण गरेको तथा बयानको हुबहु छापिएको भन्दै केसीको विपक्षमा बहस गर्ने वकिलहरुले प्रश्न गरेका थिए ।

अदालतमा दिइएको बयान नसक्दै यसरी बाहिर जानु दुर्भाग्य भन्दै अदालत प्रशासनलाई यसको यथार्थ जानकारी दिन र छानबिन गर्न वकिलहरुको होहल्ला र मागपछि समय अभाव देखाउँदै केसीको बहस बुधबारलाई सरेको छ ।

बुधबार वकिलहरुको माग अनुसार सर्वोच्च अदालतको सिसिटिभी क्यामेराको जाँचपछि पुनः बहस हुने बताइएको छ ।

त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीको मंगलबार सर्वोच्च अदालतमा बयान लिने क्रम सकिएपनि बहस हुन सकेन । बहस हुन नसकेपछि केसीलाई राख्न सिंहदरवार प्रहरी वृत्तमै राखिएको छ ।

अदालतको मानहानी गरेको अरोपमा केसी सोमबार पक्राउ परेका थिए । मंगलबार बिहानै अदालत लगिएका केसीको बयान दिउँसो २ बजेमात्रै सुरु भएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sagun Sayami

    Should be

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा एमाले ले प्रचण्डलाई भब्य स्वागत
चितवनमा एमाले ले प्रचण्डलाई भब्य स्वागत
रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका
रोनाल्डो र नेइमारबीच यस्तो प्रेम, खुल्यो सम्भावनाको ढोका
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
प्रेमीले धोकादिएपछि घर बेचेर विश्व घुम्न निस्किइन् यी युवती
के गरी चल्ला अब भान्सा !
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
सिमा पारी ग्राहकको भिड, वारी व्यापारीलाई पिरलाे !
सिमा पारी ग्राहकको भिड, वारी व्यापारीलाई पिरलाे !

तपाईंले छुटाउनुभयो कि?