चुनावी पराजयपछि कांग्रेस लाग्यो जुत्ता पालिसको राजनीतिमा
सारांश
- काठमाडौं, १६ माघ ।
- प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ठूलो पराजयको मार खेपेको नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु जुत्ता पालिसको राजनीतिमा होमिएका छन् ।
- पार्टीमा अशुद्धिको संकेत गर्दै कांग्रेसका नेता–कार्यकर्ताहरुले जुत्तामा पालिस गरेर “राजनीतिक शुद्धीकरण अभियान” थालेका हुन् ।
काठमाडौं, १६ माघ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ठूलो पराजयको मार खेपेको नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु जुत्ता पालिसको राजनीतिमा होमिएका छन् । पार्टीमा अशुद्धिको संकेत गर्दै कांग्रेसका नेता–कार्यकर्ताहरुले जुत्तामा पालिस गरेर “राजनीतिक शुद्धीकरण अभियान” थालेका हुन् ।
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले सहिद दिवसको अवसर पारेर नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्रारम्भ गरेका हुन् । सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने बटुवाहरुको जुत्तामा पालिस लगाएका थिए ।
काँग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिएका थिए ।
Mohan Kayasta
Good work .
SK Rijal
राम्रो काम
Prakash Koirala
नाटक कंग्रेसि चाटुक्कारहरु
Rishi Subedi
Aba aru k garnu ta satta arulai dinu parni bhaigo
Pokharel Raj
के नै गरेको जस्तो लागेको होला ,कांग्रेस पतन हुने अवस्थामा …..
Krishna Malla
Ramro kura ho ni aruko country ma gayer hami nepali toilet safa garxau nepal ma kaam garna laja lagaxa good job
Babubhai PC
Bakaidele pashulai ghas dekhae jastai ho afno niti ma garnus safai ani Hal samma mantri bhaeka ra rajniti niukti liekako sampurna sampatti rastriyakaran gara natra yo prajaparisd nai banchha igo ko rajniti garneharu.
Raju Pathak
सहि सन्देस भाेलि हाम्रा करकाे पैसाले रामबरण जस्ता देशमार पाल्न मुस्किल पर्याे भने येसरि पनि साढे पाल्नि ल्यकत छ भनेर शन्देश दिनखाेज्नु भयेकामा धन्यवाद ।
Sunder Tony Upreti
Natak kukkur haruko des khatam banayera xode
Bishwanath Gyawali
चुनावमा हारकाे पिंडाले छटपटायका छन् वितराहरु! के गरम र कसाे गरम भाका छन्!!
Uttam Thapa
कुनै बेला यि नेताहरूले यस्तै गरेरप् पेट पाल्न परे त हुन्थ्यो नि अनि थाहा हुन्थ्यो गरिबी कस्तो हुदो रहेछ भनेर । काम नपाएरका नेता , पद रपैसा सम्मान नपाएको आबेग को झलक र मिडियामा हाईलाईट हुने दाऊ , अझ जनताका घरघरमा गएर ट्वाईलेट नै सोरे त झन हाईलाईट मा आउथेकी ?
Gangadhar Sapkota
Aba ta kangrashi neta haru sabai kashi jau hai jutta police garne manxe dherai vetinxan
Nandu Bandhu Nepal
Hahahahaha mero pani jutta polis garnu thyo
Ľâxmí Pŕãśàđ Lamìchhâńé
Harne goruko cheruwadhau
Ram Salyane
Haaaa
Tan Adhikari
Mero pani mailo vax meropalo voli aux chandra
Lok Gurung
Koile jutta polish, koile chana chatpate, koile panipuri tirai lage hun6
Sitaram Baral
shai ho
Ram Kharel
good job.how many days sir?
Narayani Laxmi
ठिकै हाे अाफ्नाे बुद्दि अनुसार काे काम पाई हालिन्छ नि ।अरु लाई नाे टेन्सन ।
Arjun Shankar
हैन सबै बुजियो पालिसको राजनीति बुजिएन
Arjun Shankar
बल्ल आफ्नो हैसियत को काम मा लागे अब देस समृद हुन्क्स
Manoj Lamichhane
दैनिक केहि समय नै छुट्याएर यसरी नै उदाहरण दिदा त पक्कै परिवर्तन आउछ? शुरू गरेको मा धन्यवाद ?
Babu Lal Thapa
जे होस चुनबको खचं उठाउने भो राम्रो उपाय
Janajyoti Kumar Shrestha
..माथिलाे कुर्सि प्राप्तिकाे लागी मात्र गरेकाे नाटक मन्चन मात्र हाेकी सांच्चै सेवानै गर्न खेाज्या हाे.नाटककार हरूत धेरै देख्याहाे.
Anim Gln
बल्ल लाईनमा अाए छन पुरानो अाफ्नै पेसामा काँ ग्रेस पार्टी