कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
सारांश
- काठमाडौं।
- कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ।
- बिहीबार विहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो।
काठमाडौं। कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ।
बिहीबार विहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायतका सदस्यहरुले १ घण्टा कुर्दा पनि अन्य सदस्यहरुको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समितिको सचिवालयले जनाएको छ।
समितिको यस अघि कार्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । File Photo
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया