राराबाट देशवासीलाई सम्बोधन, आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर : प्रधानमन्त्री
सारांश
- काठमाडौं, १ बैशाख ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् ।
- मुगुको राराबाट देशबासीका नाममा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गरे ।
काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् ।
मुगुको राराबाट देशबासीका नाममा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गरे । ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ,’’ प्रधानमन्त्रीले भने, ‘‘हाम्रा अगाडि समस्या थिए । समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’’
प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको साल रहेको उल्लेख गर्दै २०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताए । उनले तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताए ।
अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्न आफूले पटक–पटक सुन्दै आएको बताउँदै भने, ‘‘नेपाल बन्छ, बनाउनै पर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’’
प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधिन बनाउने सोचहरु कमजोर भएका र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गरे । राष्ट्रहरु बीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकीहरु, सबै मित्र राष्ट्रहरु र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध विकास गरिने बताए । प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिए ।
Durga Adhikari
Naya varsha 2075 ma samridhi ra Bikasa ko suva bibaha ko lagi hardika suvakamana. Dr. Kaka