राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

सारांश

  • काठमाडौँ, २ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
  • दीपावलीको अवसरमा शुभकामना दिँदै उहाँले प्रत्येक नेपालीको घर–घरमा दीपावली गरी हर्षोल्लासका साथ लक्ष्मीपूजा गरी मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्नुभएको छ ।
  • साथै राष्ट्रपतिले नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न दीपावलीले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?