बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी

सारांश

  • काठमाडौं ।
  • बामगठबन्धनबाट गोरखा २ मा प्रतिनीधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा.
  • बाबुराम भट्टराई विचार नभएको नेता भएको टिप्पणी गरेका छन् ।

काठमाडौं । बामगठबन्धनबाट गोरखा २ मा प्रतिनीधिसभाका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रतिस्पर्धी डा.बाबुराम भट्टराई विचार नभएको नेता भएको टिप्पणी गरेका छन् । आज गोरखाको सुलिकोट गाउँपालिका-२ को बारपाकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बाबुराम अवसरवादी भएको पनि टिप्पणी गरे । उनी मंगलवार लडेर सामन्य घाइते भएका थिए । बारपाक पुगेर उनले झन्डै एक घण्टा भाषणा गरेका छन् ।

श्रेष्ठले भने, ‘मलाई प्रतिस्पर्धी उम्मेदवारसँग केही भन्नु छैन । लोकतन्त्रमा म सवैको सम्मान गर्छु । गोरखा २ लाई सिंगो देशले हेरेको छ । कतिपय अन्तराष्ट्रिय समुदायले पनि हेरेको छ । हामी विश्वस्त छौँ ,क यहाँका जनताले कम्युनिष्ट गठबन्धनलाई विजयी बनाउनेछन् । यो मेरो होइन, विजयी जनताको हो । आफ्नो विजयीका लागि मतदान गर्नुहुनेछ ।’

मैले साथीहरुलाई भन्ने गरेको छु । बाबुराम प्रधानमन्त्री भएका हुन् । नाम चलेको पनि छ । तर, पनि जित मेरो हुन्छ । यहाँ नजित्ने भए पार्टीले मलाई अनेत्र पठाउथ्यो । बाबुराम सावुराम जो आएपनि जित्छौँ भनेर यहाँ आएको हो । बाबुराम लड्ने थाहा थियो । जित्छौँ भनेर आएका हौँ ।

हाम्रो विचार र बाटो प्रष्ट छ । संविधान लागु गर्छौँ । विकास र समृद्धितिर देशलाई लैजान्छौँ । अरु प्रतिस्पर्धीको विचार केही छैन । बाबुरामसँग के विचार छ ? उनको विचार माअ‍ोवादीसँग हुँदाको बेला भन्ने कि । माओवादी छाडेर नयाँ शक्ति बनाउँदाको विचार भन्ने कि । नयाँ शक्तिले निर्माण गर्न नसकेर मधेश केन्द्रीत दलसँग पार्टी एकता गर्न कोशिष गर्दाको विचार बन्ने कि । संघीय समाजवादीले एकता गर्न नमानेपछि उसको चुनाव चिन्ह मागेर लड्दाको विचार भन्ने कि ।

स्थानीय तहको चुनावमा कतै जित्न नसकेपछिको विचार बन्ने कि । एमाले र माअ‍ोवादवीच बामगठबन्धन बनाउँदा अचानक म पनि मिल्छु भनेर आउँदाको विचार भन्ने कि । चार दिनपछि बामगठबन्धन छाडेर हिड्दाको विचार भन्ने कि । अर्को चारदिनपछि फेरि काँग्रेससँग मिल्दाको विचार बन्ने कि ।

विचारै नभएको नेतालाई भोट दिने कि, विचार भएकालाई ? कम्युष्टि सरकार बन्न थालेको देख्दा देख्दै गोरखाली जनताले आफ्नो खुटामा बन्चरो हान्ने छैनन् ।

गोरखामा माओवादी बलियो, एमालेसँग मिल्यो । संगठन सुदृढ छ । यो पनि जित्ने आधार हो । यहाँ काँग्रेसका साथीहरुको रुख चिन्ह छैन । जसलाई समर्थन गर्नुभएको छ, उनी मौकापरस्त छन् । अवसरवादी हुन् । व्यक्तिवादी प्रवति देखाए । उनले लोकतन्त्रलाई सुदृढ गर्दैन । लोकतन्त्र बचाउन सक्दैनन् । काँग्रेसका साथीहरुले हामीलाई समर्थन गर्नुस । काँग्रेसको उम्मेद्वार पनि मै हुँ ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष पदमा अड्कियो वाम एकता प्रक्रिया
अध्यक्ष पदमा अड्कियो वाम एकता प्रक्रिया
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
बाबुरामको खुलासाः प्रचण्ड अध्यक्ष पक्का ! दिए बधार्इ !
धुलिखेल अस्पतालको भेन्टिलेटरमा कोरोना संक्रमित महिलाको मृत्यु
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
सुन काण्डमा ‘पावर’ले हावा खायो,  उच्च निगरानीमा अर्याल !
सुन काण्डमा ‘पावर’ले हावा खायो, उच्च निगरानीमा अर्याल !
गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !
गुल्मी क्षेत्र न १ र २ को पछिल्लो मत परिणाम अपडेट !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास

तपाईंले छुटाउनुभयो कि?