वार्नरको कप्तानीमा बीपीएल डेब्यु गर्दै सन्दीप

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
वार्नरको कप्तानीमा बीपीएल डेब्यु गर्दै सन्दीप

सारांश

  • काठमाडौं ।
  • नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले आज बंगलादेश प्रीमियर लिग (बीपीएल)मा डेब्यु गर्ने भएका छन् ।
  • उनको टीम सिल्हेट सिक्सर्सका कप्तान र टीम व्यवस्थापनले आजको खेलमा सन्दीपलाई खेलाउने निर्णय गरेका हुन् ।

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले आज बंगलादेश प्रीमियर लिग (बीपीएल)मा डेब्यु गर्ने भएका छन् । उनको टीम सिल्हेट सिक्सर्सका कप्तान र टीम व्यवस्थापनले आजको खेलमा सन्दीपलाई खेलाउने निर्णय गरेका हुन् ।

बंगलादेशको राजधानी ढाकामा सन्दीपको टीम सिल्हेटले कोमिला भिक्टेरियन्ससँग पहिलो खेल खेल्दै छ । खेल केही समयपछि शुरु हुनेछ । सन्दीपको टीमको कप्तान अस्ट्रेलियाका डेविड वार्नर हुन् । उनी पनि बल टेम्परिंग काण्डपछि पहिलो पटक क्रिकेट मैदानमा देखिन लागेका हुन् ।

सन्दीपसँगै सिलेटको आजको प्लेइनिंग लिस्टमा वार्नर, निकोलश पुरान, आलोक कपाली, लिट्टन दाश, सब्बीर रहमान, अल अमीन हुसेन, तस्कीन अहमद, अफिफ हुसेन र ताहिद छनु् ।

वार्नरले टस हारेपछि पहिला ब्याटिंगको निम्तो पाएका छन् । नेपाली स्टार सन्दीप यसै सिजनबाट बीपीएलसँग आवद्ध भएका हुन् ।

यसअघि सन्दीप बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका हुन्। सन्दीपको पछिल्लो पटक देखाएको उत्कृष्टता बंगलादेशको भूमिमा पनि कायम राख्ने सबैको विश्वास छ ।

बीबीएलको चार खेलमा आठ विकेट लिएर बंगलादेश उडेका बिग ब्याश सन्दीपको वकार युनिसको प्रशिक्षणमा रहेको सिल्हेट सिक्सर्सबाट सन्दीपले बीपीएल खेल्नेछन् ।

बंगलादेश प्रिमियर लिगमा आफ्नो टिमको पहिलो खेल सुरु हुनुभन्दा अगाडि शनिबार राति सिल्हेट सिक्सर्सले डिनर पार्टीको आयोजना गरेको थियो । डिनरमा सन्दीप प्रशिक्षक वकार युनिस, कप्तान डेभिड वार्नरलगायत टिमका अन्य खेलाडीसँग देखिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १४ गतेको राशिफल यस्तो छ
पुस १४ गतेको राशिफल यस्तो छ
वातावरण सहज भएको प्रतिबद्धता पछि रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली
वातावरण सहज भएको प्रतिबद्धता पछि रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली
देशैभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
देशैभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
भारी बर्षाले गर्दा बुटवल क्षेत्रका धेरै मतदान स्थलमा मतदान सुरु भएको छैन !
प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु
सिसी क्यामेराको जडान गर्न करीब छ करोड
सिसी क्यामेराको जडान गर्न करीब छ करोड
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे
एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे