राष्ट्रपतिमा विद्या र झलनाथको सम्भावना छ, सुवास आउट : लालबाबु

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • फागुन २१, काठमाण्डौ ।
  • जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् ।
  • यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै निर्वाचन सकिने पण्डितले बताएका छन् ।

फागुन २१, काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् ।

यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै निर्वाचन सकिने पण्डितले बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन यही महिनाभित्र गरिने उनले बताए ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारी दोहोरिने र नयाँ व्यक्ति राष्ट्रपति बन्ने दुवै सम्भावना रहेको बताए ।

“सम्भावनालाई नकार्न सकिदैन । झलनाथ खनालको राष्ट्रपति बन्ने चाहनालाई आश्चर्यको रुपमा लिनुपर्दैन । उहाँको पनि सम्भावना छ ।” पण्डितले भने ।

भण्डारी र खनालको सम्भावना बढि रहेको भन्दै उनले सुवास नेम्वाङको सम्भावना भने कम रहेको बताए ।

मन्त्री पण्डितले निर्वाचनको काम सकिएपछि प्रादेशिक र संघीय कानुन निर्माण गरिने बताए ।

“प्रादेशिक र संघीय कानुन नबन्दा स्थानीय स्तरमा समस्या भएको छ । त्यसकारण कानुन छिटो बनाउनुपर्छ ।” पण्डितले भने ।

फरक प्रसङ्गमा मन्त्री पण्डितले पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन आउन लागेको जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    You are in favour of Dad or Mom? .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?