पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष

सारांश

  • काठमाडौं, २३ माघ – पोखरा प्रदेश राजधानीका रुपमा निर्विवाद सहर हो ।
  • सोही सहरमा सोमबार बसेको पहिलो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले पर्यटकीय क्षेत्रका रुपमा समेत कहलिएको मुकाम पोखरासहित सिंगै प्रदेशलाई समृद्ध र सुन्दर बनाउने अठोट गरे ।
  • प्रदेशलाई समृद्ध र सुन्दर बनाउने आधार पनि आफूहरुसँग रहेको उनीहरुले बताए ।

काठमाडौं, २३ माघ – पोखरा प्रदेश राजधानीका रुपमा निर्विवाद सहर हो । सोही सहरमा सोमबार बसेको पहिलो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले पर्यटकीय क्षेत्रका रुपमा समेत कहलिएको मुकाम पोखरासहित सिंगै प्रदेशलाई समृद्ध र सुन्दर बनाउने अठोट गरे । प्रदेशलाई समृद्ध र सुन्दर बनाउने आधार पनि आफूहरुसँग रहेको उनीहरुले बताए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रदेशलाई अखण्ड र एकीकृत बनाउने उद्घोषका साथ सदस्यहरुले मुलुककै सुन्दर सहर बनाउने वाचा गरे । प्रदेशभित्रका बासिन्दाको मुहार फेर्ने योजना सुनाउँदै सदस्यहरुले त्यसका लागि दलहरुबीच सहकार्यको प्रतिबद्धता पनि जनाए । एमाले केन्द्रीय सचिवसमेत रहेका प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई गौरवपूर्ण बनाउने उद्घोष गरे । प्राकृतिक स्रोत, साधन, ऊर्जा, पर्यटन, संस्कृति र प्रकृतिका हिसाबले प्रदेश उत्कृष्ट रहेको उनीहरुको भनाइ थियो ।

‘आगामी १० वर्षभित्र ३ हजारदेखि ५ हजार मेगावाट विद्युत् यही प्रदेशबाट उत्पादन गरेर प्रदेशलाई नै समृद्धिको बाटोमा लैजान्छौं,’ गुरुङले भने, ‘यो प्रदेशमा १५ प्रतिशत जनता अझै बिजुलीविहीन अवस्थामा छन् । उनीहरुलाई ५ वर्षभित्र विद्युत्को उज्यालोमा समेट्छौं ।’ गुरुङले उत्तरी नाका कोरला (मुस्ताङ) देखि दक्षिणको सुस्ता (नवलपरासी) लाई सडकले जोडेर व्यापारको ढोका खोल्ने पनि बताए । ‘अब हामीले प्रदेशलाई आर्थिक रुपमा उन्नतितर्फ उन्मुख बनाउनेछौं ।

सबैभन्दा सुन्दर, सचेत र शान्त प्रदेश बनाउन चाहेका छौं,’ गुरुङले भने, ‘अरु ६ वटा प्रदेशभन्दा कुनै रुपमा पनि कमजोर हुन दिनेछैनौं ।’ प्रदेशका १४ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि रहेको बताउँदै उनले आगामी ५ वर्षभित्र गरिबी दर घटाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश कला, संस्कृति, साहित्य र पर्यटनको राजधानी भएकाले समृद्ध बन्ने आधार रहेको उनको भनाइ थियो । पोखरामा बन्ने विमानस्थलले अन्तर्राष्ट्रिय सहर जोड्न सघाउने भएकाले पनि समृद्ध बन्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । प्रदेशभित्र अझै सुविधासम्पन्न अस्पताल, पोखरामा अन्तर्राष्ट्रिय स्तरको सभाहल, अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना उनले सुनाए ।

यस्तै कांग्रेसका कृष्णचन्द्र नेपालीले भारत र चीन जोड्ने कालीगण्डकी करिडोर, काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने सडक, विमानस्थल, सुरुङमार्ग, द्रुतगतिको सडक निर्माणले प्रदेश समृद्ध बन्ने बताए । ‘छोटो समयमा आर्थिक रुपमा समृद्ध र सुन्दर बनाउन सकिने प्रदेश हो,’ उनले भने, ‘प्रकृति र पर्यटनले साथ दिएको छ । समृद्ध र समुन्नत सहर बनाउन विधिको शासन चाहिन्छ ।’ उनले जनतामैत्री सेवा, विधिको शासन स्थापना र भ्रष्टाचार निर्मूल गर्न आफूहरु लाग्ने वाचा  गरे ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले स्थानीय तहलाई दिएको अधिकार व्यवस्थित रुपमा कार्यान्वयन गर्न सघाउने बताए । ‘अहिले स्थानीय तहको अधिकार कटौती गर्ने प्रयास भइरहेको छ । प्रदेशसभाले त्यसका विरुद्ध खबरदारी गर्नुपर्छ,’ चुमानले भने । उनले प्रदेश ४ मा सबैभन्दा बढी अवसर रहेकाले त्यसबाट फाइदा लिनुपर्ने बताए । ‘पर्यटन, जलस्रोत र उद्योगमा यो प्रदेशले सिंगो मुलुकको नेतृत्व गर्नुपर्छ,’ उनले भने, ‘शिक्षा र स्वास्थ्यको केन्द्रका रुपमा पनि यसले विकास गर्न सक्छ । त्यसमा हामी सबैको हातेमालो चाहिन्छ ।’ स्थिरता, सुशासन र आर्थिक समृद्धिको जनादेश आफूहरुले पाएकाले त्यसका लागि पहल गर्ने चुमानले बताए ।

राष्ट्रिय जनमोर्चाका सदस्य कृष्ण थापाले प्रदेशसँग ठूलो आयआर्जन गर्न सक्ने क्षमता रहेको बताए । उनले प्रदेशलाई समृद्ध बनाउने र जनताका समस्या समाधान गर्ने बताए । उनले संघीयतामा असहमति जनाउँदै अहिलेको अवस्थामा जनताको जीवनस्तर उकास्न अप्ठेरो पर्ने बताए । उनले सबैभन्दा पहिला राजनीतिक भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिए । नयाँशक्तिका हरिशरण आचार्यले साझा अजेन्डा लिएर अघि बढ्नुपर्ने बताए । उनले प्रदेशलाई समृद्ध बनाउन हरदम प्रयास गर्ने वाचा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो
टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
तामिलनाडुमा ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु
तामिलनाडुमा ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु
गाईगोरुसहित किशोर पक्राउ
गाईगोरुसहित किशोर पक्राउ
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड
प्रधानमन्त्री ओलीको सरकारमा दुई तिहाई पुर्याउने कसरत, उपेन्द्र यादवलाई जोड

तपाईंले छुटाउनुभयो कि?