काठमाडौँ सहित धेरै स्थानमा विहानैदेखि आकाशै अध्यारो हुने गरी वर्षा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २३, २०७५
|
|
१५ पटक हेरिएको
Shares
काठमाडौँ सहित धेरै स्थानमा विहानैदेखि आकाशै अध्यारो हुने गरी वर्षा

सारांश

  • काठमाडौँमा आज विहानैदेखि अन्धकार नै हुने गरी वर्षा भएको छ ।
  • चारैतिर अन्धकार छाउने गरी भएको वर्षाका कारण सर्वसाधारण घरबाहिर समेत निस्किन सकेका छैनन् ।
  • काठमाण्डौ सहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

काठमाडौँमा आज विहानैदेखि अन्धकार नै हुने गरी वर्षा भएको छ । चारैतिर अन्धकार छाउने गरी भएको वर्षाका कारण सर्वसाधारण घरबाहिर समेत निस्किन सकेका छैनन् ।

काठमाण्डौ सहित देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन् ।

उनका अनुसार अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । मौसमविद्का अनुसार भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना छैन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?