एकैदिन ८ जनाको विवाह रोकियो
सारांश
- रुकुम, २८ जेठ – रुकुम पश्चिमको चौरजहारीमा एकै दिन ४ जोडीको विवाह रोकिएको छ ।
- चौरजहारीमा हुन लागेको ८ जनाको बाल विवाह आइतबार रोकिएको हो ।
- जिल्लास्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएको भन्दै चार जोडीको विवाह रोकेको हो ।
रुकुम, २८ जेठ – रुकुम पश्चिमको चौरजहारीमा एकै दिन ४ जोडीको विवाह रोकिएको छ । चौरजहारीमा हुन लागेको ८ जनाको बाल विवाह आइतबार रोकिएको हो ।
जिल्लास्थित बाल सञ्जालले उमेर नपुगी गर्न लागिएको भन्दै चार जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाह रोकेर बाल सञ्जालले आफन्तको जिम्मा लगाएको छ ।
त्यसैगरी वडा चौधका १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह पनि रोकिएको हो । यसैगरी, वडा नं– १३ का १७ वर्षीय किशोर र १७ वर्षकै किशोरीको विवाह समेत रोकिएको हो । नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनविवाह रोकिएको बाल सञ्जालले बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया