राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २४, २०७९
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार

सारांश

  • काठमाडौं ।
  • मुलुकले भोलि बिहीबार चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ ।
  • राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट अर्का पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

काठमाडौं । मुलुकले भोलि बिहीबार चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट अर्का पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई उम्मेदवार बनाएका हुन् ।

एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । एमालेले १० पुसमा भएको सहमतिनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षा गर्दै आएको छ । राष्ट्रपति चयन गर्न भोलि बिहीबार संसद् भवन नयाँबानेश्वरमा निर्वाचन हुँदै छ भने निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ तोकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८ सय ८२ मतदाता कायम भएको जनाएको छ । जसअनुसार प्रदेशसभाका ५ सय ५० सदस्य र संघीय संसद्का ३ सय ३२ गरी कुल ८ सय ८२ जना मतदाता कायम भएका हुन् ।

संसदीय अंकगणितका हिसाबबाट राष्ट्रपतिमा आठ दलीय गठबन्धनसँग सुविधाजनक मतभार देखिएको छ । गठबन्धन पक्षधर उम्मेदवारका पक्षमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभामा गरी ३१ हजार ९ सय ७८ मतभार छ । एमालेका पक्षमा भने प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभामा गरी कुल १६ हजार २ सय २१ मतभार देखिन्छ ।

कांग्रेससँग प्रतिनिधिसभामा ६ हजार ९ सय ५२ मतभार छ । यसैगरी, राष्ट्रिय सभामा ८ सय ६९ मतभार छ । कांग्रेससँग कोसी प्रदेशमा १ हजार ३ सय ९२, मधेस प्रदेशमा १ हजार ५६, बाग्मतीमा १ हजार ७ सय ७६, गण्डकीमा १ हजार २ सय ९६, लुम्बिनीमा १ हजार २ सय ९६, कर्णालीमा ६ सय ७२ सुदूरपश्चिममा ९ सय १२ गरी जम्मा १६ हजार २ सय २१ मतभार छ । संघ र प्रप्रदेशमा गरी कांग्रेससँग एमालेभन्दा बढी मतभार छ ।

एमालेसँग प्रतिनिधिसभामा ६ हजार १ सय ६२, राष्ट्रिय सभामा १ हजार ३ सय ४३, कोसी प्रदेशमा १ हजार ९ सय २०, मधेसमा १ हजार १ सय ४, बाग्मतीमा १ हजार २ सय ९६, गण्डकीमा १ हजार ५६, लुम्बिनीमा १ हजार ३ सय ९२, कर्णालीमा ४ सय ८०, सुदूरपश्चिममा ४ सय ८० गरी जम्मा १५ हजार २ सय ३३ मतभार छ ।

यसैगरी, माओवादी केन्द्रसँग प्रतिनिधिसभामा २ हजार ५ सय २८, राष्ट्रिय सभामा १ हजार २ सय ६४, कोसीमा ६ सय २४, मधेसमा ३ सय ४८, बाग्मतीमा १ हजार ८, गण्डकीमा ३ सय ६६, लुम्बिनीमा ४ सय ३२, कर्णालीमा ६ सय २४ र सुदूरपश्चिममा ५ सय २८ गरी कुल ७ हजार ७ सय ५८ मतभार छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीसँग संघ र प्रदेशमा गरी २ हजार ६ सय २२ मतभार छ । यस्तै, जसपासँग २ हजार १ सय ४५, लोसपासँग ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीसँग ८ सय १३, जनमतसँग १ हजार २ सय ४२ र राष्ट्रिय जनमोर्चासँग २ सय ६ मतभार छ ।

यसैगरी, राप्रपासँग संघ र प्रदेशमा गरी २ हजार ४ सय ५० मतभार छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५ सय १, नेमकिपासँग २ सय २३, नेपाल संघीय समाजवादीसँग ४८ (मधेस प्रदेशसभामा), हाम्रो नेपाली पार्टीसँग ९६ (बाग्मतीमा) मतभार छ । यसैगरी संघ र प्रदेशमा गरेर स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ ।

कता पर्ला ३ हजार ९ सय ५१ मतभार ?
यसअघि सरकारमा सामेल दुई दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कांग्रेस वा एमाले कसका उम्मेदवारलाई मत दिन्छन् खुलाइसकेका छैनन् । राप्रपासँग संघ र प्रदेशमा गरी २ हजार ४ सय ५० मतभार छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५ सय १ मतभार छ । यी दुवै दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भएर फिर्ता भइसकेका दल हुन् ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने रास्वपा सरकारबाट फिर्ता भए पनि सरकारलाई दिएको समर्थन कायम नै छ ।

उच्च स्रोतका अनुसार रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेका कारण राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मत दिने पक्षमा छ । तर, सो दलले औपचारिक निर्णय बुधबार (आज) मात्रै गर्ने बताएको छ ।

यस्तै, राप्रपाले समेत आज नै पार्टीको कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ’boutमा निर्णय गर्दै छ । सो दलले पहिले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने ’मा नै निर्णय गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा
आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा
सेक्स पावर बढाउने हो ? त्यसो भने यस्तो जुस खानुस !
सेक्स पावर बढाउने हो ? त्यसो भने यस्तो जुस खानुस !
१० हजारका लागि एक युवकले गरे साथीको हत्या
१० हजारका लागि एक युवकले गरे साथीको हत्या
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
गठबन्धनको सहमती नमान्ने भन्दै दिनेश कोइरालाले दर्ता गरे चितवनबाट स्वतन्त्र उम्मेदवारी
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ
हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
प्रधानमन्त्रीको भारत भ्रमण एजेण्डा र रणनीति  के ?
प्रधानमन्त्रीको भारत भ्रमण एजेण्डा र रणनीति के ?
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए
श्रीमतीसँग झगडा भएपछि १० महिने छोरीलाई बाउले जिउँदै जलाए

तपाईंले छुटाउनुभयो कि?