पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी

सारांश

  • कास्की २५ वैशाख ।
  • कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरामा जारी पाँचौ कास्की जिल्ला स्तरिय जुनियर रनिङ्ग शिल्ड तथा सिनियर तेकावान्दो प्रतियोगितामा शहिद स्मृती विद्यालयले जुनियर तर्फ उपाधी हासिल गरेको छ ।
  • उक्त प्रतियोगितामा विभिन्न विद्यालय र डोजाङ गरि सहभागी २१ विद्यालय मध्ये जुनियर तर्फको उपाधी शहिद स्मृतीले उचालेको हो ।

कास्की २५ वैशाख ।

कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरामा जारी पाँचौ कास्की जिल्ला स्तरिय जुनियर रनिङ्ग शिल्ड तथा सिनियर तेकावान्दो प्रतियोगितामा शहिद स्मृती विद्यालयले जुनियर तर्फ उपाधी हासिल गरेको छ । उक्त प्रतियोगितामा विभिन्न विद्यालय र डोजाङ गरि सहभागी २१ विद्यालय मध्ये जुनियर तर्फको उपाधी शहिद स्मृतीले उचालेको हो ।

प्रतियोगितामा २३ केजी पुरुष तर्फ पिपुल टुगेदर डोजाङका दिपक राई प्रथम, लेकसाइडका धनराज श्रेष्ठ, बाल प्रभातका शौरभ पौडेल, सोही स्थानमा पोखरा डोजाङका सुजल बराल भए । यसै गरि २७ केजी तौलमा महिला तर्फ सगरमाथा डोजाङकी रक्षा गुरुङ, शहिद स्मृतीकी प्रेरणा विक, शुक्रराज बलभद्रकी शचिना परियार, पिपुल टुगेदरकी सुनिता मगर क्रमश प्रथम, द्वितिय र तृतिय भए ।

यसै गरि ४१ केजी पुरुष समुहमा शहिद स्मृतीका लेखनाथ कुर्मी, पिपुल टुगेदरका विशाल विक, सगरमाथाका विशाल सुवेदी, शैनिक आवाशियका देवान सिंह ठकुरी क्रमश प्रथम द्वितिय र तृतिय भए । प्रतियोगितामा कुल २३ तौल समुहमा विभिन्न विद्यालय र डोजाङले प्रतिष्पर्धा गरेको प्रतियोगिताका संयोजक बोधराज गिरीले बताए ।

३९ केजी तौल सुमह महिला तर्फ शहिद स्मृतीकी समिक्षा अर्याल, राम प्राबीकी आकृती अधिकारी द्वितिय, पिपुल टुगेदरकी निश्चल पुन मगर तृतिय, शुक्रराजकी शोफिया गुरुङ तृतिय भइन । ६३ केजी पुरुष तर्फ टप माउन्टेनका प्रकाश गुरुङ, सगरमाथाका सुमन थापा, पोखरा तेक्वान्दोका फत्त वहादुर गुरुङ, शुक्रराजका शकिल लामगादे क्रमश प्रथम, द्वितिय र तृतिय भए ।

यसै गरि ५८ केजी पुरुष तर्फ शुक्रराजका दिपेश गुरुङ, पोखरा तेक्वान्दोका बिजु गुरुङ, सोसियल पव्लिकका पवन थापा र शुभकामनाका प्रदिप राई क्रमश प्रथम, द्वितिय र तृतिय भए । ५४ केजी पुरुष तर्फ याशुदाका जेनिश कार्की, फिसटेलका राजन शिलवाल, अमरसिंहका नविन चालिसे, शुक्रराजका भिम श्रेष्ठ क्रमश प्रथम, द्वितिय र तृतिय भए ।

विजेता खेलाडी, डोजाङ तथा स्कुलहरुलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, केन्द्रिय सदस्य मदन केसी, नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, समाजसेवी कमला हमाल, समाज सेवी डम्मर कुमारी गुरुङ, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ, प्रतियोगिताका संयोजक बोधराज गिरी लगाएतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?