सुनको मुल्यमा निरन्तर गिरावट
सारांश
- आज नेपाली बजारमा केही दिनदेखि सुनको मुल्य निरन्तर घटिरहेको छ ।
- बिहीबार १ सय रुपैयाँले सुनको मुल्य घटेकोे हो ।
- आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा केही दिनदेखि सुनको मुल्य निरन्तर घटिरहेको छ । बिहीबार १ सय रुपैयाँले सुनको मुल्य घटेकोे हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मुल्य ९२ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । बुधबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य १० रुपैयाँले आज घटेको छ । चाँदी तोलामा बिहीबार १ हजार २४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा खरिद बिक्रि भईरहेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया