स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
सारांश
- काठमाडौँ, २५ कात्तिक ।
- मह संचारको ब्यानरमा हास्य कलाकार किरण केसिले निर्माण गर्ने ‘दाल भात तरकारी’ मा फाईनल भएकी स्वस्तिमाले फिल्मबाट हात झिकेकी छिन् ।
- स्वस्तिमाले छोडेपछि नायिका आँचल शर्मा भित्रीएको छिन ।
काठमाडौँ, २५ कात्तिक । मह संचारको ब्यानरमा हास्य कलाकार किरण केसिले निर्माण गर्ने ‘दाल भात तरकारी’ मा फाईनल भएकी स्वस्तिमाले फिल्मबाट हात झिकेकी छिन् । स्वस्तिमाले छोडेपछि नायिका आँचल शर्मा भित्रीएको छिन ।
निर्माण टिमले स्वस्तिमाको ठाउमा आँचललाई लिइने पक्कापक्की गरेको छ । स्वस्तिमाको अर्को फिल्मको सुटिङ जुध्ने भएकोले स्वस्तिमाले दाल भात तरकारीमा अभिनय गर्न नभ्याएको निर्माण टिमले जनाएको छ । फिल्मलाई सुदन केसिले निर्देशन गर्नेछन् । फिल्ममा हरिवंश आचार्य र निरुता सिंह मुख्य भुमिकामा रहने छन भने पुष्प खड्का, बर्षा राउत, प्रियंका कार्कीको पनि अभिनय रहनेछ । फिल्म मंसिर १ गतेबाट फ्लोरमा जादै छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया