तीन भवन उद्घाटन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
तीन भवन उद्घाटन

सारांश

  • काँकडभिट्टा, ३ असोज  धुलाबारी माविले रु ११ करोडको लागतमा निर्मित तीन भवनको सोमबार एकै पटक उद्घाटन गरेको छ ।
  • करिब रु २६ लाख ३६ हजारको लागतमा निर्माण भएको पशु विज्ञान विषयअन्तर्गतको प्रयोगशाला, रु ६५ लाख ६९ हजारको लागतमा निर्माण भएको छकोठे भवन र रु १७ लाख ७६ हजारको लागतमा निर्माण भएको सभाकक्षको उद्घाटन गरेको हो ।
  • प्रयोगशाला निर्माणका लागि संसदीय क्षेत्र विकास कोषबाट रु १० लाख, छकोठे भवन निर्माणका लागि सरकारबाट रु ४८ लाख अनुदान र सभाहल निर्माणका लागि सरकारबाट रु १६ लाख सहयोग प्राप्त भएको र नपुग विद्यालयले आफ्नो कोषबाट थप गरेको हो ।

काँकडभिट्टा, ३ असोज  धुलाबारी माविले रु ११ करोडको लागतमा निर्मित तीन भवनको सोमबार एकै पटक उद्घाटन गरेको छ ।

करिब रु २६ लाख ३६ हजारको लागतमा निर्माण भएको पशु विज्ञान विषयअन्तर्गतको प्रयोगशाला, रु ६५ लाख ६९ हजारको लागतमा निर्माण भएको छकोठे भवन र रु १७ लाख ७६ हजारको लागतमा निर्माण भएको सभाकक्षको उद्घाटन गरेको हो ।

प्रयोगशाला निर्माणका लागि संसदीय क्षेत्र विकास कोषबाट रु १० लाख, छकोठे भवन निर्माणका लागि सरकारबाट रु ४८ लाख अनुदान र सभाहल निर्माणका लागि सरकारबाट रु १६ लाख सहयोग प्राप्त भएको र नपुग विद्यालयले आफ्नो कोषबाट थप गरेको हो ।

ती भवन सांसद नरेन्द्रविक्रम नेम्वाङ, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले उद्घाटन गर्नुभयो ।

विद्यालयका प्रअ रुद्र कुरुङ्वाङले आवश्यक भौतिक पूर्वाधार जुटाउन तथा व्यावसायिक र व्यावहारिक शिक्षा प्रदान गर्न विद्यालय सधैँ लागिपरेको बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?