दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२० पटक हेरिएको
Shares
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

सारांश

  • काठमाडौं।
  • मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन्।
  • पक्राउ परेकै दिन प्रसाईंको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो।

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। पक्राउ परेकै दिन प्रसाईंको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो।

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो। प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईंलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?