राष्ट्रप्रमुखद्वारा वसन्त श्रवण
सारांश
- काठमाडौं।
- राष्ट्रपति विद्यादेवी भण्डारीले आज वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा वसन्त श्रवण गरी टीका तथा प्रसाद ग्रहण गरेकी छिन्।
- उक्त अवसरमा प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा तथा सभामुख अग्नि सापकोटाको समेत उपस्थिति थियो।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा वसन्त श्रवण गरी टीका तथा प्रसाद ग्रहण गरेकी छिन्।
उक्त अवसरमा प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा तथा सभामुख अग्नि सापकोटाको समेत उपस्थिति थियो।
हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया