बैंकले आफूखुसी ब्याज बढाएमा सरकारले नियमन गर्छ : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई आफूखुसी ब्याज नबढाउन आग्रह गर्दैै बढाएमा सरकारले नियमन गर्ने बताएका छन् ।
- साथै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई आफूखुसी ब्याज नबढाउन आग्रह गर्दैै बढाएमा सरकारले नियमन गर्ने बताएका छन् । साथै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले व्यावसायीहरुको गुनासोबारे बैंकसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन दिएका छन् । बैंकहरुले एउटा सर्तमा ऋण दिने र आफू खुशी ब्याज बढाउदै लैजाने कुरा उपयुक्त हुदैन । यसमा सरकारले नियमन गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग प्रधानमन्त्री ओलीले बैंकहरुलाई उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर, निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिएका छन् ।
“लगानीपछि अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा लगानी बढाउनुहोस् र त्यस्त क्षेत्रमा गरेको लगानीको ब्याजमा लचिलो हुनुहोस्” प्रधानमन्त्री ओलीले भने, “सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबभन्दा कम ब्याज उठाउनुहोस् । बिलासिताका वस्तुमा लगानी कम गर्नुहोस् । ब्याज बढी गर्नुहोस् ।”
महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो ।
प्रधानमन्त्रीले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे । सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रतिक्रिया