मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मनाङको हाकु वनमा नै जीवन विताउँदैछन् रुकुमका सत्य पुनमगर

सारांश

  • मनाङ, २८ वैशाख, माओवादी युद्धकालदेखि नै विस्थापित भई मनाङ छिरेका रुकुमका सत्य पुनमगर जंगलमा बसेको धेरै बर्ष भइसक्यो ।
  • नेपालमा माओवादी युद्धले चरम रुप लिएपछि सत्य पुनमगर गाउँ छाडेर मनाङ छिरेका हुन् ।
  • त्यतिबेला उनीलगायत अन्य रुकुमेली पनि मनाङ आएका थिए ।

मनाङ, २८ वैशाख, माओवादी युद्धकालदेखि नै विस्थापित भई मनाङ छिरेका रुकुमका सत्य पुनमगर जंगलमा बसेको धेरै बर्ष भइसक्यो ।

नेपालमा माओवादी युद्धले चरम रुप लिएपछि सत्य पुनमगर गाउँ छाडेर मनाङ छिरेका हुन् । त्यतिबेला उनीलगायत अन्य रुकुमेली पनि मनाङ आएका थिए । कोही आफ्नो गाउँ फर्किसके भने कोही भने मनाङमा नै काम गरेर बसिरहेका छन् । अझै पनि मनाङका होटलदेखि गोठ, खेतबारीमा काम गर्ने रुकुमेली धेरै भेटिन्छन् । मनाङ्गेहरुका घर बनाउने, गोठमा बस्ने, काठ काट्ने, सबै काम रुकुमेली र गोर्खालीले नै गरिरहेका छन् ।

सत्य पुनमगर अहिले मनाङको हाकु वनमा काठको काम गरेर बस्दै आएका छन् । मनाङ्गेले पुर्जी लिएका जंगलका रूखबाट आवश्यक काठ काट्ने र मनाङ्गेको घरसम्म पु¥याउने उनको काम रहेको छ । उनी कहिले ढुङ्गाको ओडारमा बस्छन् त कहिले तिनै आफूले काटेका काठको बाकलबाट बनाएको छाप्रोमा रात कटाउने गर्छन् ।

“गाउँमा कोठा लिएर किन नबसेको ?” भनी प्रश्न गर्दा मगर भन्छन्, “गाउँमा बसेर के गर्ने ? हाम्रो काम वनमा नै हुन्छ । गाउँबाट यहाँसम्म आउन दुई दिन लाग्छ, समयको बर्बाद हुन्छ, त्यसैले हामी यहीँ बस्छौँ ।”

पानी परोस् या हिउँ नै किन नपरोस् उनी यही छाप्रोमा रात काट्छन् । दिनभरि रूख ढाल्ने, ताछ्ने, साइजअनुसार चिरा पार्ने उनको काम रहेको छ । यसरी काम गर्दा कति कमाउनु हुन्छ भनी सोध्दा उहाँ भन्नुहुन्छ, “दिनको रु ६०० पर्छ, खान बस्न यसैमा पर्छ ।”

तपार्इं घर जानु भएको छैन ? भन्दा उहाँ भन्नुहुन्छ, “१० वर्ष त गइन, अहिले दशैँमा गएको थिएँ । आफन्तले नै चिनेनन्, अनि फर्किएँ । मेरो घर भनेको यही वन हो र मेरा आफन्त नै यिनै रूख हुन् । यिनैले खाना दिएका छन्, लाउन दिएका छन् । मलाई यसैमा खुशी छ । यहाँका ढुङ्गा, माटो, रूखबिरुवा सबैले चिनेको छ ।”

माओवादी जनयुद्धले त्रसित भएका पुन विगतलाई यसरी सम्झन्छन् । “गाउँमा नयाँ मान्छेहरु आउँथे, रातभरि जंगल जंगल हिँडाउँथे, गाउँघरमा भएका युवायुवतीलाई लान्थे, गोली चल्थ्यो, मर्ने र बाँच्ने ठेगान हँुदैनथ्यो । त्यसैले बाँच्नका लागि यता आएको हो । अहिले घरमा कोही छैन ।”

यसरी जंगलमा कहिलेसम्म बस्ने त ? भन्दा उहाँ भन्नुहुन्छ, “बाँचुन्जेल र हातगोडा चलुन्जेल बस्छु । मरेपछि जेहोला होला ।” अहिले उनीसँग रोल्पाका काले बुढामगर साथी छन् । दुवैजना यही छप्रोमा बसेर काठको काम गर्दै आएका छन् । यसरी माओवादी जनयुद्धसँगै गाउँ छाडेका कयौँ सत्य पुनमगरहरु कुनै न कुनै पीडा बोकेर हाकु लेकको जंगलमा बास बस्न बाध्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ
नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
सोमबार काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
बाँके ३ (१) मा आइपी खरेल विजयी
बाँके ३ (१) मा आइपी खरेल विजयी
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री
उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?