राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् ।
  • तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा छन् । विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए । उनले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायत सञ्चार संस्थामा काम गरेका छन् । शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?