यू-१७ साफका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा (नामावली सहित)
सारांश
- काठमाडौ ।
- श्रीलंकामा आयोजना हुने साफ यू-९१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले टिमको घोषणा गरेको छ ।
- मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
काठमाडौ । श्रीलंकामा आयोजना हुने साफ यू-९१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र २०२३ एएफसी यू–१७ एसियन कप छनोटमा भाग लिनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
अन्तिम टोलीस्
गोलकिपर : कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डर : प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम
प्रतिक्रिया